Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । विपद्को जोखिममा रहेका क्षेत्रका नागरिकलाई समयमै पूर्वसूचना तथा चेतावनी सन्देश पुर्‍याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रडकास्ट प्रणाली (सीबीएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ। सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा मंगलबार उक्त प्रणालीको परीक्षण गरिएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित टावरबाट परीक्षण सन्देश प्रवाह गरिएको थियो। परीक्षणका क्रममा काठमाडौंको निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना पठाइएको थियो। मोबाइलमा सन्देश प्राप्त हुँदा सामान्य एसएमएसभन्दा फरक चेतावनी ध्वनि बज्नुका साथै फोनमा कम्पनसमेत आएको थियो। सेल ब्रडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका सबै मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। यसका लागि प्रयोगकर्ताको मोबाइल नम्बर छुट्टाछुट्टै संकलन गर्नुपर्ने वा इन्टरनेटको आवश्यकता पर्दैन। मोबाइल सेवा प्रदायकको नेटवर्कमा जोडिएका लक्षित क्षेत्रका मोबाइल फोनमा एकैपटक सन्देश पुर्‍याउन सकिने भएकाले नेटवर्कमा अत्यधिक चाप भएका बेला पनि यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। यस प्रविधिको अर्को महत्त्वपूर्ण विशेषता प्रयोगकर्ताको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण संकलन नगरी सूचना प्रवाह गर्न सक्नु हो। यसले प्रयोगकर्ताको गोपनीयता कायम राख्दै ठूलो संख्यामा नागरिकलाई एकैपटक सचेत गराउन सहयोग पुर्‍याउनेछ। बाढीपहिरो, हिमताल विस्फोटबाट उत्पन्न हुने बाढी, भूकम्प तथा प्रतिकूल मौसमजन्य जोखिमबारे पूर्वसूचना दिन यस प्रणाली उपयोगी हुने विश्वास गरिएको छ। जोखिममा रहेका क्षेत्रका नागरिकलाई समयमै चेतावनी दिनुका साथै सुरक्षित स्थानमा जान आवश्यक निर्देशनसमेत मोबाइलमार्फत पुर्‍याउन सकिनेछ। प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा र अनुभवका आधारमा प्रणालीलाई थप परिष्कृत गरी उच्च विपद् जोखिम भएका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने सरकारको लक्ष्य छ। विपद्का बेला नागरिकलाई तत्काल सचेत गराउन, सम्भावित जोखिमबाट जोगिन आवश्यक निर्देशन दिन तथा मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सेल ब्रडकास्ट प्रणाली प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Latest NewsJust now

स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए । भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, ...

नेपालन्युज
मकवानपुरबाट ४ किलो गाँजासहित चार जना पक्राउ
Latest NewsJust now

मकवानपुरबाट ४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार संयुक्त रूपमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–९ कुखरेनीबाट दुई जनालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव ... ...

नेपालखबर
प्लास्टिकको झोला खोतल्दा बम पड्किएपछि सुरेन्द्रले दुवै हात गुमाए
Latest NewsJust now

प्लास्टिकको झोला खोतल्दा बम पड्किएपछि सुरेन्द्रले दुवै हात गुमाए

काठमाडौँ । बिहान उठेर नुहाउन पस्दा म्याग्दीका सुरेन्द्र खत्रीको हातबाट साबुन दशौँ पटक भुइँमा खस्छ । चिप्लो साबुनलाई च्यापेर टाउकोमा पुर्‍याउन उनका लागि ठुलै युद्ध जितेझैँ हुन्छ । यो उनले... ...

रातोपाटी
एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली
Latest NewsJust now

एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement