Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गरे। उनले नेपालमा गेमिङ एप बनाएर संसारभर नाम कमाएका कम्पनीहरू पनि भएको उल्लेख गर्दै संसारकै सबैभन्दा चर्चित लुडो (करिब २०० मिलियन डाउनलोड) र कलब्रेक गेम (१५० मिलियनभन्दा बढी पटक डाउनलोड) नेपालीले नै बनाएको बताए। साथै सयौँ युवाहरु गेम एप बनाउन तल्लिन रहेको उनको भनाइ छ। “हामीले उहाँहरुलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगका रूपमा अघि बढाउने विषयमा पनि छलफल गर्र्यौं र अब उहाँहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ”, प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। आइटीसम्बन्धी ‘प्रडक्ट’ र निर्यात पनि अहिले निकै सकारात्मक अवस्थामा रहेको र हाम्रो दक्षता, कम्पनीहरूले सहजै कमाउने, पुनःलगानी गर्ने विषयलाई ध्यानमा राख्दै करमा सहजता र नीतिगत सुधार, अन्तरराष्ट्रिय आम्दानीसम्बन्धी नियमहरु अझै सहज बनाउने उनको भनाइ छ । यसका साथै गेम जाम, स्टार्टअप इभेन्ट, सूचना प्रविधि क्षेत्र, राष्ट्र बैंक, अर्थ मन्त्रालयसँग नियमित अन्तरक्रिया, ह्याकाथोन र समग्र आइटी प्रडक्ट र गेमिङ उद्योगलाई फाइदा पुग्ने गरी इकोसिस्टममा लगानी गरिने प्रधानमन्त्रीको भनाइ छ। रासस The post नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा २४ घण्टे स्टार्टअप ह्याकाथन हुँदै
प्रविधिJust now

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा २४ घण्टे स्टार्टअप ह्याकाथन हुँदै

नेपालमा स्टार्टअप उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन तथा सम्भावनायुक्त उद्यमलाई लगानीका अवसरसँग जोड्ने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टिएसएन) को संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ। ह्याकाथन काठमाडौं वर्ल्ड स्कुलमा आयोजना हुनेछ। ह्याकाथनको मुख्य उद्देश्य नवीन व्यवसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजारमा विस्तार ...

टेक्नोलोजी खबर
भारतले आफ्नै जीपीएस बढाउन नयाँ नेभिगेसन स्याटेलाइट प्रक्षेपण गर्यो
प्रविधिJust now

भारतले आफ्नै जीपीएस बढाउन नयाँ नेभिगेसन स्याटेलाइट प्रक्षेपण गर्यो

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले देशको स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टलेसन’ (नाभिक-NavIC) लाई सुदृढ पार्नका लागि आफ्नो अर्को पुस्ताको नेभिगेसन स्याटेलाइट ‘एनभीएस-०३ (NVS-03)’ लाई जीएसएलभी-एफ१८ (GSLV-F18) रकेटमार्फत सफलतापूर्वक प्रक्षेपण गरेको शनिबार पुष्टि गरेको छ। यो प्रक्षेपण शुक्रबार राति ११:५१ बजे (स्थानीय समय अनुसार) दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा अवस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको थियो। इसरोले ‘एक्स’ (ट्विटर) ...

टेक्नोलोजी खबर
वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
प्रविधिJust now

वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

१४ कात्तिक, काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले १÷१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी […] The post वर्षाले एनपीएलको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play