Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नेपालमा 'साढे तीन महिनामै सवा २ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सीको अवैध कारोबार'ले उब्जाएका सवाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा 'साढे तीन महिनामै सवा २ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सीको अवैध कारोबार'ले उब्जाएका सवाल
Photo / Coverage: बीबीसी नेपाली

Reuters नेपालमा चालु आर्थिक वर्ष २०८३/०८४ को साढे तीन महिनाको अवधिमा मात्रै सवा दुई अर्ब रुपैयाँ बराबरभन्दा बढीको क्रिप्टोकरेन्सीको अवैध कारोबार भएको पाइएको प्रहरीले बीबीसीलाई बताएको छ।केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार पाँच वटा घटनामा मात्रै सो रकम बराबरको कारोबार भएको हो।तीमध्ये केही दिनअघि एउटै घटनामा दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एक पुरुषलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो। क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा नेपालमा भारतीय नागरिकहरू कसरी पक्राउ परे?क्रिप्टो क्षेत्रको हालसम्मकै ठूलो 'ह्याकिङ'पछि बाइनान्सका प्रयोगकर्ताहरूले निकाले ३.६ अर्ब डलर केन्द्रीय ब्याङ्कका एक भूतपूर्व कार्यकारी निर्देशकले पछिल्लो समय विश्वभरि क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पृष्ठभूमिमा नेपालले मौजुदा नीतिबारे पुनर्विचार गर्नुपर्ने सुझाएका छन्।नेपालमा क्रिप्टोकरेन्सीको 'माइनिङ' र कारोबार अवैध भए पनि बदलिँदो परिवेशमा नियन्त्रण गर्न सहज नभएको नरबहादुर थापाको तर्क छ।तथ्याङ्कले के देखाउँछ? RSS नेपालमा विसं २०७४ सालयता क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध करार गरिएको अधिकारीहरू बताउँछन्।क्रिप्टोलगायतका डिजिटल मुद्राका सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ (२) मा अभौतिक (भर्चुअल) मुद्रा प्रयोगसम्बन्धी कसुर भनेर त्यसलाई गैरकानुनी मानिएको छ।विद्यमान कानुनी व्यवस्थाका आधारमा हालका लागि त्यसलाई गैरकानुनी मानिएको अधिकारीहरूको तर्क रहिआएको छ।तर गैरकानुनी हुँदाहुँदै नेपालमा क्रिप्टोकरेन्सीको कारोबार नरोकिएकोमा अन्तर्राष्ट्रिय संस्थाले समेत ध्यानाकर्षण गराइसकेको अवस्था छ।गत जुन महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एउटा प्रतिवेदनले प्रतिबन्धका बावजुद नेपालमा क्रिप्टोकरेन्सीको कारोबार बढेको जनाएको थियो। नेपालमा क्रिप्टोकारोबारमा थप व्यक्तिहरू पक्राउ परिरहँदा भविष्यमा त्यसबारे 'सोच्न सकिने' अधिकारीहरूको सङ्केत'बिटकोइन'देखि 'एक्सआरपी'सम्म : क्रिप्टोकरेन्सीसम्बन्धी मुख्य शब्दावली र तिनका अर्थ उक्त निकायका अनुसार सन् २०१९ देखि सन् २०२४ को अवधिमा क्रिप्टोकरेन्सीको कारोबार उल्लेख्य रूपमा बढेको पाइएको थियो।सन् २०२४ मा मात्रै नेपालमा ५ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको उसले उल्लेख गरेको थियो।प्रहरीले दिएको विवरणअनुसार अघिल्लो आर्थिक वर्षभरि भएको भन्दा चालु आर्थिक वर्षको साढे तीन महिनामै धेरै कारोबार भएको देखिन्छ।"आर्थिक वर्ष २०८२/०८३ मा २ अर्ब एक करोड ८६ लाख रुपैयाँ बराबरका २१ वटा मुद्दा दर्ता भएका थिए। त्यसमा ३५ जना नेपाली र सात विदेशी गरी ४२ जना पक्राउ परेका थिए," प्रहरी प्रवक्त काफ्लेले बीबीसी न्यूज नेपालीसँग भने।"चालु आर्थिक वर्ष २०८३/०८४ मा अहिले [कार्तिक आधा] सम्म दुई अर्ब २७ करोड रुपैयाँ बराबरका पाँच वटा मुद्दा दर्ता भएका छन्।"कारोबारको प्रवृत्ति कस्तो EPA/Shutterstock प्रहरी प्रवक्ता काफ्लेका अनुसार हालै पक्राउ परेका धनुषाका आरोपित मानिसले बाइनान्सको 'यूजर आईडी'मार्फत्‌ कारोबार गर्दै आएको पाइएको छ। बाइनान्स क्रिप्टोकरेन्सी विनिमय गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी हो।उपत्यका अपराध अनुसन्धान कार्यालयको "सूक्ष्म निगरानी"पश्चात्‌ उनलाई पक्राउ गर्न प्रहरी सफल भएको काफ्ले बताउँछन्।अवैध सट्टेबाजीबारे अनुसन्धान गर्ने क्रममा क्रिप्टोकरेन्सी कारोबारको केही प्रवृत्तिबारे खुलेको प्रहरी अधिकारीहरू बताउँछन्।"विदेशमा रहेका कतिपयले हुन्डीलगायतबाट आर्जित रकम क्रिप्टोकरेन्सीबाट भुक्तानी गर्ने गरेको अनुसन्धानबाट देखिन्छ। अवैध भन्सार चोरीपैठारीमा पनि विदेशबाट क्रिप्टोकरेन्सीबाट भुक्तानी गरेको अनुसन्धानले देखाएको छ," काफ्लेले बीबीसी न्यूज नेपालीसँग भने।"त्यसै गरी विदेशबाट आयात गर्ने सामानको हकमा 'लो इनभोइसिङ'मार्फत्‌ करछलीमा समेत क्रिप्टोकरेन्सीको प्रयोग भएको पाइएको छ।"नेपालमा क्रिप्टोकरेन्सीको कारोबारका लागि ब्याङ्किङ प्रणालीको प्रयोग नगरी डिजिटल वालेटहरूको प्रयोग गर्ने गरेको पाइएको प्रहरी प्रवक्ता काफ्ले बताउँछन्।विज्ञका सुझाव के?पछिल्ला वर्षमा नेपालीहरूको उपस्थिति संसारभरि फैलिँदै जाँदा विश्वले दिने अवसरबाट लाभ लिने पहुँच र इच्छा बढेको नेपाल राष्ट्र ब्याङ्कका भूतपूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्।"लाखौँ नेपालीहरूले विदेशमा काम गरिरहेकाले लगानीको दृष्टिकोणले विदेशी मुद्राको उपलब्धता बढेको छ," नेपालमा क्रिप्टोकरेन्सीको अवैधा कारोबार बढ्नुका कारणबारे बीबीसी न्यूज नेपालीसँग उनले भने।"सूचना तथा प्रविधि क्षेत्रको विकासका कारण लगानी गर्न सजिलो भएकाले अस्वाभाविक लाभ लिने तीव्र इच्छाले नेपालीहरूले पनि क्रिप्टोकरेन्सीमा लगानी गरेको हुनुपर्छ।"कतिपय जानकारहरूले समयक्रमसँगै विश्वले क्रिप्टोकरेन्सीलाई अँगाल्नुको विकल्प नभएको तर्क गर्ने गरेका छन्, जसमा थापा सहमत देखिन्छन्।"क्रिप्टो माइनिङ गर्ने प्रविधितर्फ संसार गइरहेको छ। समग्र आर्थिक क्षेत्रलाई आधुनिकीकरण गर्न र वित्तीय पहुँच बढाउनका लागि बिस्तारै क्रिप्टोकरेन्सी आधारित प्रविधिलाई अँगाल्न थालेका छन्," उनले अगाडि थपे।"त्यसैले नेपालले पनि त्यो प्रविधिलाई छिटोभन्दा छिटो आत्मसात्‌ गर्नुपर्छ। त्यही सन्दर्भमा हाम्रा कानुनहरू बन्नुपर्छ।" Reuters थापाका अनुसार नेपालको सन्दर्भमा अर्को समस्या भनेको पुँजी खातामा नेपाली रुपैयाँ अझै परिवर्तत्य बनाउन सकिएको छैन।"त्यो भनेको पुँजी कारोबारका लागि हामीले सटही सुविधा दिने व्यवस्था हामीले गरेका छैनौँ। यसले गर्दा पनि नेपाललाई समस्या भइरहेको छ। त्यसैले जता भविष्य छ, त्यतै हाम्रा कानुनहरू सोझ्याउँदा राम्रो हुन्छ भन्ने लाग्छ," उनले अगाडि थपे।तर अहिलेसम्म सरकारी अधिकारीहरूले नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अङ्गीकार गर्ने दिशामा केही स्पष्ट पारिसकेको अवस्था छैन।क्रिप्टोकरेन्सी के हो? Reuters क्रिप्टोकरेन्सी भनेको 'भर्चुअल' मुद्रा हो, जसको अस्तित्व अनलाइन माध्यममा सीमित छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।यो भर्चुअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन। संसारभरिका कम्प्युटरमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।क्रिप्टोकरेन्सीको प्रयोग गरी सरसामान खरिद गर्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।सबै क्रिप्टोकरेन्सी ब्लकचेन भनिने प्रविधिमा आधारित हुन्छन्। सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो।बिटकोइनको स्थापना गर्ने श्रेय सातोशी नाकामोतोलाई दिइएको छ। तर रोचक कुरा के छ भने सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।हालसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सी अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम पनि जारी छ। बिटकोइनको मूल्य १.२० लाख डलर नाघ्यो, यो क्रिप्टोकरेन्सीबारे सात रोचक कुराप्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सी कारोबारमा नेपाल '१६औँ स्थानमा' बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल भ्रमणमा भारतीय विदेश सचिव, के हुँदैछ प्रधानमन्त्रीसँग छलफल ?
Latest NewsJust now

नेपाल भ्रमणमा भारतीय विदेश सचिव, के हुँदैछ प्रधानमन्त्रीसँग छलफल ?

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार मिस्रीले नेपाल भ्रमणका क्रममा द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्नेछन् । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा […] ...

लोकपथ
पोखरामा सन्नाटा, सिजनमै पर्यटकको खडेरी
Latest NewsJust now

पोखरामा सन्नाटा, सिजनमै पर्यटकको खडेरी

पोखरा । हाँसिरहेको हिमाल, सफा आकाश । खुलेको मौसम र सुन्दर प्रकृतिलाई नजिकबाट महसुस गर्न विश्वका पर्यटकले शरद ऋतुमा नेपाल रोज्छन् । त्यसमा पनि पर्यटनको राजधानी पोखरा नरोज्ने त कुरै... ...

रातोपाटी
नेपालसँग सम्बन्धित १२औँ शताब्दीको दुर्लभ मञ्जुश्री मूर्ति दुई अर्व ३७ करोडमा हङकङमा लिलामी
Latest NewsJust now

नेपालसँग सम्बन्धित १२औँ शताब्दीको दुर्लभ मञ्जुश्री मूर्ति दुई अर्व ३७ करोडमा हङकङमा लिलामी

काठमाडाैँ । १२औँ शताब्दीमा निर्मित प्राचीन तथा दुर्लभ सुनौलो जलप लगाइएको तामाको मिश्रधातुबाट बनेको मञ्जुश्रीको मूर्ति हङकङमा १३ करोड ७३ लाख ५० हजार हङकङ डलर (करिब दुई अर्ब ३७ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ । क्रिस्टीज लिलामी... ...

रातोपाटी
दुईदिने भ्रमणका लागि भारतीय विदेश सचिव मिस्री काठमाडौंमा
Latest NewsJust now

दुईदिने भ्रमणका लागि भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

• भारतका विदेश सचिव विक्रम मिस्री आज काठमाडौं आइपुगेका छन्। • उनले नेपालका परराष्ट्र सचिव र उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। • भ्रमणमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play