नेपाल–भारत सीमा सुरक्षा बैठक सुरु, के–के विषयमा हुँदैछ छलफल?

सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को बिचमा सीमा सुरक्षा तथा व्यवस्थापन सम्बन्धी द्विपक्षीय बैठक काठमाडौँमा सुरु भएको छ । बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ सम्म चल्नेछ । बैठकमा सहभागी हुन एसएसबीका महानिर्देशक संजय सिंघल आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेर काठमाडौँ आएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक नारायदत्त पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबिच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आयो यो १०औँ द्विपक्षीय समन्वय बैठक हो । नेपालको तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिहरूको सहभागिता रहेको छ । भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपाल स्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च पदस्थ अधिकृतहरूको सहभागिता रहेको छ । बैठकमा सीमाको सुरक्षा, सिमानामा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रण र अवैध हातहतियार नियन्त्रणबारे भएका प्रयासको समीक्षा गरिने सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) नेत्रबहादुर कार्कीले जानकारी दिए । द्विपक्षीय बैठकको क्रममा सीमा व्यवस्थापन संयन्त्रले गरेको मार्गदर्शनको आधारमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भहरूको संरक्षण, मर्मत सम्भार तथा निर्माण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणबारे छलफल हुनेछ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउन र सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबिच आपसी सम्बन्ध तथा सहकार्य बढाउनेबारे पनि छलफल हुनेछ । नेपाल–भारत खुला सिमानाको प्रयोग गरी हुन सक्ने तेस्रो मुलुकका नागरिकहरूको अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने, सीमा व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र आधुनिक बनाउनका लागि उपयुक्त प्रविधिको प्रयोग गर्नेबारे पनि छलफल हुने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवमा विशेष घर कर्जा योजना, ०.२५ प्रतिशत मात्र सेवा शुल्क
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष छुट सुविधासहितको ‘नेपाल बैंक सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ९० दिनका लागि लक्षित उक्त योजनाअन्तर्गत न्यून ब्याजदर र सहुलियतपूर्ण सेवा शुल्कमा घर कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार उक्त योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण, घर […] ...

१६ वर्षीय राहुलको ‘ड्रिम डेब्यु’ : पहिलो बलमै विकेट, चुलियो चर्चा
नेपाल प्रिमियर लिग (एनपीएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ। तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यताका साथै टी–२० मा लिस्ट ‘ए’ को मान्यतासमेत प्राप्त गरेपछि यसको चर्चामा थप वृद्धि भएको छ। यो आयोजन चर्चामा आउने एउटामात्र कारण छैन। यसमा सहभागी खेलाडी र यसप्रतिको क्रेजका कारण पनि एनपीएल चर्चामा छ। यतिखेर यस्तै चर्चाका पात्र बनेका छन् एक किशोर राहुल। रौतहट चन्द्रनिगाहपुरका ...

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो, पोखराले ब्याटिङ गर्दै
त्रिवि क्रिकेट मैदानमा पोखराविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । ...

व्यवसायी गुप्ता मृत फेला प्रकरण : तीन जना पक्राउ, यस्तो थियो घटना
‘माता इलेक्ट्रिक वर्क्स’बाट केही दिनअघि पानी तान्ने मोटरको तार हराएको थियो । त्यसपछि गुप्ताले आलमले चोरी गरेको हल्ला फैलाइदिएका थिए । सोही विषयलाई लिएर उनीहरूबीच विवाद बढेको थियो । ...


