नेपाल–भारत सीमा सुरक्षाबारे काठमाडौंमा उच्चस्तरीय बैठक हुँदै

नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले बुधबारदेखि काठमाडौंमा उच्चस्तरीय बैठक बस्ने भएको छ। बैठकमा नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकारी सहभागी हुनेछन्। बैठकमा भाग लिन एसएसबीका महानिर्देशक संजय सिंघलको नेतृत्वमा भारतीय टोली मंगलबार नेपाल आइपुग्ने कार्यक्रम छ। नेपालतर्फको टोलीको नेतृत्व सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले गर्नेछन्। बैठकमा नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्था, सीमापार हुने गतिविधि, सूचना आदानप्रदान तथा दुवै सुरक्षा निकायबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउने विषयमा छलफल हुने बताइएको छ। एपीएफ र एसएसबीबीच यस्तो समन्वय बैठक हरेक वर्ष आयोजना हुँदै आएको छ। पालैपालो नेपाल र भारतमा आयोजना हुने बैठकको अघिल्लो अर्थात् नवौँ संस्करण गत वर्ष भारतमा सम्पन्न भएको थियो।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पाकिस्तानले दिएन एनपीएल खेल्न आफ्ना खेलाडीलाई एनओसी
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्समा आबद्ध पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान स्वदेश फर्किने भएका छन्। पाकिस्तानको राष्ट्रिय टोलीमा स्थान बनाएपछि उनी एनपीएल बीचमै छाडेर पाकिस्तान जान लागेका हुन्। कर्णाली याक्सका अनुसार श्रीलंकाविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि पाकिस्तानले फरहानलाई टोलीमा बोलाएको हो। राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गरेपछि उनी पुनः कर्णालीमा फर्किने सम्भावना रहेको छ। कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले अक्टोबर ...

बबरमहलको आकासे पुल यसै हप्तादेखि सञ्चालनमा आउने
९ कात्तिक, काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकासे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकासे पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका… ...

रैथाने इन्जिनियरिङको नमुना : बर्धान गाउँको २४ पिर्के पिङ
नेपाली समाजमा दशैँ–तिहारको पर्याय मानिने परम्परागत काठे पिङहरू लोप हुँदै गएका छन्। तर, लमजुङको हाँडीखोला, बर्धान गाउँका बासिन्दाले मौलिक सीप र सामूहिक एकताको नमुना प्रस्तुत गर्दै २४ पिर्के पिङ निर्माण गरेका छन्। ...

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
९ कात्तिक, काठमाडौं । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ । सरकारले आर्थिक वर्ष २०८३/८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकोले कात्तिकको १७ र १८ गते खुवाउन तयारी थालिएको हो । स्वास्थ्य… ...


