Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु
Photo / Coverage: पर्दाफास

नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीमा सुरु भएको छ। बुधवार सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको अभ्यासको शुभारम्भ मध्यपश्चिम पृतनाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन्। नेपाली सेना र भारतीय सेनाका गणस्तरका फौज सहभागी अभ्यास मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ। सन् २०१० (वि.सं. २०६७) देखि नेपाल र भारतमा पालैपालो वार्षिक रूपमा हुँदै आएको यस अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। यसपटकको अभ्यासमा मुख्य रूपमा विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा केन्द्रित रहेर दुवै देशका सैनिकले सैद्धान्तिक र व्यावहारिक ज्ञान तथा अनुभव आदानप्रदान गर्नेछन्। नेपाली सेनाका अनुसार संयुक्त सैन्य अभ्यासले नेपाल र भारतबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सैनिकको व्यावसायिक क्षमता अभिवृद्धि, ज्ञान आदानप्रदान र आपसी समझदारी विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने
OthersJust now

उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने

रसुवाको उत्तरगया गाउँपालिकामा बाढीबाट मरेका पशुपन्छीका अवशेष व्यवस्थापन तथा क्षतिग्रस्त कृषि क्षेत्रको पुनस्र्थापनाका काम सुरु गरिएका छन् । खाद्य तथा कृषि संगठन (एफएओ) अन्तर्गत सञ्चालित परियोजनाले पशुपन्छीका अवशेष व्यवस्थापनसँगै बाढीले क्षति पुर्याएका खेतीयोग्य जमिन, सिँचाइ कुलो र खानेपानीका संरचना पुनस्र्थापनालाई प्राथमिकतामा राखेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा परियोजनाकी प्रतिनिधि पल्लवी अधिकारीले उत्तरगया गाउँपालिकाका वडा नम्बर १, ४ र ५ मा ...

पर्दाफास
१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन
OthersJust now

१५ दिनदेखि कोशी प्रदेश प्रमुखविहीन

९ मंसिर, विराटनगर । प्रदेश प्रमुखको पाँच वर्षे कार्यकाल पूरा गरी परशुराम खापुङ विदा भएपछि कोशी प्रदेश प्रदेश प्रमुख विहीन बनेको छ । २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त भएका खापुङ गत कात्तिक २४ गतेदेखि बिदा भएपछि १५ दिनयता प्रदेश प्रमुखविहीन बनेको हो । संघीय सरकारले अझै नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छैन… ...

अनलाइन खबर
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान
OthersJust now

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान

९ मंसिर, काठमाडौं । नेपाली टोली होरा ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२६ खेल्न टर्किए प्रस्थान गरेको छ। प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा हुनेछ। पब्जी मोबाइलको सन् २०२६ को प्रतिस्पर्धात्मक सिजनको अन्तिम प्रतियोगिताका रूपमा रहेको पीएमजीसीमा ३९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी डलर रहेको छ।… ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरुपश्चिम र पुलिस विजयी
OthersJust now

१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरुपश्चिम र पुलिस विजयी

९ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ बुधबार दुई वटा खेल सम्पन्न भएका छन् । बुधबार विहान सम्पन्न दुई वटा खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । फुल-कोर्ट (५×५) महिला बास्केटबलतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–२९ को अन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा फुल–कोर्ट… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement