Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

नेपालभर सुरू भयो चेरी क्यूको डेलिभरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालभर सुरू भयो चेरी क्यूको डेलिभरी
Photo / Coverage: विश्वखबर

काठमाडौं– नेपालभर चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्पले आफ्नो नयाँ अर्बन एसयूभी चेरी क्यूको डेलिभरी नेपालभर सुरू गरेको छ । काठमाडौंसहित नेपालका प्रमुख सहरहरू चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा औपचारिक रूपमा सुरू गरेको घोषणा गरेको हो । सेग्मेन्टकै उत्कृष्ट विशेषतासहित चेरी क्यू मा ४१.२ केडब्लुएच क्षमताको ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रंक स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी सुविधाहरू रहेका छन् । आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस अर्बन एसयूभीले आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने कम्पनीको दाबी छ । साथै, यसले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको छ । आफ्ना आकर्षक विशेषताहरूका कारण यस नयाँ अर्बन एसयूभीले सामाजिक सञ्जालमा समेत उल्लेखनीय चर्चा बटुलिरहेको कमपनीको दाबी छ । काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा डेलिभरी सुरु हुनुले नेपाली बजारमा चेरीको बढ्दो उपस्थितिलाई प्रतिबिम्बित गर्नुका साथै देशका प्रमुख बजारहरूमा ग्राहकहरूमाझ आफ्ना सवारीसाधन सहज रूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । चेरी क्यूले नेपालका प्रमुख सहरहरूमा ग्राहकहरूसम्म आफ्नो पहुँच विस्तार गर्दै जाँदा, नवीन प्रविधि, व्यावहारिक उपयोगिता र आधुनिक सुभ डिजाइनको संयोजनमार्फत नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लगेको कम्पनीको दाबी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
Latest NewsJust now

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ ।... ...

रातोपाटी
ऋणको भारीमा थिचिँदै देशको अर्थतन्त्र
Latest NewsJust now

ऋणको भारीमा थिचिँदै देशको अर्थतन्त्र

विगत केही वर्षयता नेपालको सार्वजनिक ऋण निरन्तर बढिरहेको छ । ‘जेन–जी’ आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै सार्वजनिक ऋण परिचालनको गति झनै तीव्र भएको सरकारी तथ्यांकले नै देखाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ । यो नेपालको इतिहासमै सार्वजनिक ऋणको सबैभन्दा उच्च ...

हिमालय टाइम्स
पोखरा जाँदै गरेको गाडी दुर्घटना, चालकसहित ११ जना घाइते
Latest NewsJust now

पोखरा जाँदै गरेको गाडी दुर्घटना, चालकसहित ११ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा आइतबार साँझ माइक्रो बस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा.४ ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ ... ...

नेपालखबर
प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य
Latest NewsJust now

प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य

बागलुङ । जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरी चौकीभन्दा फरक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play