Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ
Photo / Coverage: नेपालन्युज

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले नेपाल र भारतबीचको आर्थिक साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित बिजनेस राउन्ड टेबलमा उनले दुई देशबीचको सम्बन्ध भूगोल र इतिहासले जोडेको उल्लेख गर्दै अब समृद्धिका लागि साझेदारी आवश्यक रहेको बताएका हुन्। अध्यक्ष श्रेष्ठले नेपाल-भारत आर्थिक सहकार्यका लागि व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सातवटा मुख्य क्षेत्रको पहिचान गरेका छन्। उनले सुरक्षित तथा आधुनिक सीमा व्यवस्थापन र लगानीको संरक्षणका लागि दुवै पक्षबाट प्रतिबद्धता हुनुपर्ने धारणा राखे। सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली उद्योगीहरूले भोगिरहेका समस्याबारे पनि ध्यानाकर्षण गराए। उनले विशेषगरी जुट, फलामे छड र इस्पात उद्योगहरूले गुणस्तर प्रमाणीकरणलगायतका चुनौती सामना गरिरहेको बताए। भारतीय पक्षबाट बेला-बेलामा हुने अवरोधले नेपाली व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै उनले अधिकांश उद्योगको कच्चा पदार्थ भारतबाटै आयात हुने भएकाले ती उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक रहेको तर्क गरे। यसैगरी, व्यवसायी दीपक मलहोत्राले भारतीय लगानीकर्ताहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिए। बिजनेस राउन्ड टेबलपछि पनि ठूला उद्योग सञ्चालनका विषयमा भारतीय व्यवसायीहरूसँग थप छलफल हुने उनले बताए। सरकारले नेपालमा मल कारखाना स्थापना गर्ने योजना अघि सारेकाले सो परियोजनामा पनि भारतीय व्यवसायीसँग सहकार्य गर्न सकिने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सरकारलाई गोविन्द केसीको चेतावनी : सहमति पूरा नभए फेरि आन्दोलन गर्ने
Latest NewsJust now

सरकारलाई गोविन्द केसीको चेतावनी : सहमति पूरा नभए फेरि आन्दोलन गर्ने

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् । २५औं सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्री सहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै केसीले सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार विज्ञप्ति जारी गर्दै केसीले तिहार र ...

केन्द्रबिन्दु
सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ
Latest NewsJust now

सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सर्लाही । बरहथवा नगरपालिका–६ स्थित बरहथवा नगर अस्पतालमा भएको तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ निवासी ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९, सिमरा निवासी ४२ वर्षीय भुनेसी महरा र २० वर्षीय राजन महरा रहेका ...

केन्द्रबिन्दु
प्रधानमन्त्री शाह र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदै
Latest NewsJust now

प्रधानमन्त्री शाह र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदै

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता हुँदैछ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे हुने भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि विभिन्न महत्वपूर्ण विषयमा सहमति तथा सम्झौता हुने कार्यक्रम छ । भेटवार्तापछि प्रधानमन्त्री शाह र भारतीय ...

लुम्बिनी सञ्चार
इरान युद्ध रोक्न ट्रम्पमाथि डेमोक्र्याटको दबाब, डिसेम्बर ११ सम्मको समयसीमा
Latest NewsJust now

इरान युद्ध रोक्न ट्रम्पमाथि डेमोक्र्याटको दबाब, डिसेम्बर ११ सम्मको समयसीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बर महिनामै इरानविरुद्धको युद्ध अन्त्य गर्न बाध्य पार्ने रणनीतिमा डेमोक्र्याटहरू लागेका छन्। यद्यपि उनीहरूको यो कदमका कारण सरकारी कामकाज ठप्प (सटडाउन) हुन सक्ने र बढ्दो खाद्यान्न तथा इन्धनको मूल्य अझ आकासिने चिन्ता पनि व्यक्त भइरहेको छ। यसै महिना सम्पन्न मध्यावधि निर्वाचनअघि डेमोक्र्याटिक पार्टीले यो द्वन्द्व अन्त्य गर्ने वाचा गरेको थियो। युद्धविरुद्ध जनआक्रोश बढ्दै गएको अवस्थामा पार्टीको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement