Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

सरकारलाई गोविन्द केसीको चेतावनी : सहमति पूरा नभए फेरि आन्दोलन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारलाई गोविन्द केसीको चेतावनी : सहमति पूरा नभए फेरि आन्दोलन गर्ने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् । २५औं सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्री सहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै केसीले सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार विज्ञप्ति जारी गर्दै केसीले तिहार र छठको सार्वजनिक बिदालाई ध्यानमा राखेर सरकारलाई सहमति कार्यान्वयनका लागि केही दिन थप समय दिएको बताएका छन् । उनले अब पनि सहमतिहरू शीघ्र कार्यान्वयन नगरिए वा सहमतिविपरीतका गतिविधि भए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ । केसीका अनुसार चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राखेर गरिएको २४औँ सत्याग्रहसहितको आन्दोलन २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमति भएपछि स्थगित भएको थियो । तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने थप निर्णय गरेको उनको आरोप छ । त्यसको विरोध तथा सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको माग गर्दै उनले २५औँ सत्याग्रहसहित नौदिने आन्दोलन गरेका थिए । उक्त आन्दोलन कात्तिक २१ गते शिक्षा मन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित भएको थियो । ‘सहमति कार्यान्वयन गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व हो,’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘जनताको स्वास्थ्य र शिक्षासँग सम्बन्धित सवालमा सरकारलाई आफ्नो प्रतिबद्धताबाट पछि हट्ने छुट छैन ।’ उनले सरकारले विगतका सहमति कार्यान्वयन गरी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी
Latest NewsJust now

देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी

रुपन्देही । नेपाली कांग्रेसको देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज दाङको भालुवाङमा सुरु हुँदैछ। अधिवेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद, विमलेन्द्र निधिलगायतका नेताहरू दाङ आउने... ...

रातोपाटी
पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी
Latest NewsJust now

पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान फलाएका छन्। पुर्ख्यौली खेतीकिसानीलाई निरन्तरता दिँदै आएका उनले गौरिया जातको धानबाट चामल उत्पादन गरी वार्षिक चार लाख... ...

रातोपाटी
पाँचौँ पटक म्याद थप्दा पनि अधुरै प्रशासकीय भवन
Latest NewsJust now

पाँचौँ पटक म्याद थप्दा पनि अधुरै प्रशासकीय भवन

नवराज नेपालीबागलुङ, मङ्सिर ७ गते । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन... ...

गोरखापत्र
भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई ज्ञवालीको सुझाव
Latest NewsJust now

भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई ज्ञवालीको सुझाव

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा दुई देशबीच बढेको अविश्वास अन्त्य गर्दै सम्बन्ध सुधारलाई प्राथमिकता दिन सुझाव दिनुभएको छ । भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै ज्ञवालीले पछिल्लो समय नेपाल र भारतबीच आपसी विश्वासको संकट देखिएको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री शाहले पहल गर्नुपर्ने बताउनुभएको हो । गत वर्ष सेप्टेम्बरका घटनाक्रम, त्यसपछि सम्पन्न निर्वाचन र नयाँ सरकार ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement