Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

जेरुसेलम। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउने लक्ष्यसहित केन्द्र-दक्षिणपन्थीदेखि वामपन्थीसम्मका विपक्षी दलहरू एकजुट भएका छन्। ‘चेन्ज ब्लक’ मा आबद्ध दलहरूले नेतान्याहु र उनका अतिदक्षिणपन्थी सहयोगीलाई पराजित गर्न गठबन्धन बनाउने प्रतिबद्धता जनाएका छन्। अरब पार्टीले पनि सहभागी हुने इच्छा देखाएको छ, तर अन्य दलले त्यसबारे स्पष्ट धारणा दिएका छैनन्। पूर्वसेना प्रमुख गदी आइसेनकोट, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड, एभिग्डोर लिबरम्यान, यायर गोलन र अरब पार्टीका नेता मन्सुर अब्बास नेतान्याहुविरोधी मोर्चाका प्रमुख व्यक्तित्व छन्। छैसठ्ठी वर्षीय आइसेनकोट गाजा युद्धमा छोरा र दुई भतिजा गुमाएपछि सार्वजनिक सहानुभूति पाएको नेता छन्। उनले प्यालेस्टिनी राज्य स्थापनाको विरोध र गाजामा हमासको शासन अन्त्य गर्ने धारणा राखेका छन्। सन् २०२४ मा नेतान्याहुको युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका उनले अर्को वर्ष आफ्नै ‘याशर’ पार्टी स्थापना गरेका थिए। चौवन्न वर्षीय बेनेटले सन् २०२१ मा अरब पार्टीको समर्थनसहित विविध दलको गठबन्धन बनाएर नेतान्याहुको लगातार १२ वर्षको शासन अन्त्य गरेका थिए। उनको सरकार भने एक वर्षमै ढलेको थियो। दक्षिणपन्थी मतदातालाई आकर्षित गर्ने प्रयासमा रहेका बेनेटले नेतान्याहुलाई विपक्षी गठबन्धनको सरकारमा समावेश गर्न सकिने धारणा पनि राखेका छन्। पूर्वपत्रकार तथा पूर्वप्रधानमन्त्री ६२ वर्षीय यायर लापिड मध्यमार्गी येश अटिड पार्टीका नेता छन्। उनले अर्थ र विदेशमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। नेतान्याहुको आलोचक लापिडलाई आफ्नो परम्परागत सहरी तथा धर्मनिरपेक्ष मतदाताभन्दा बाहिर समर्थन विस्तार गर्न चुनौती रहेको बताइन्छ। धर्मनिरपेक्ष राष्ट्रवादी नेता एभिग्डोर लिबरम्यान कुनै समय नेतान्याहुका निकट सहयोगी थिए। अहिले उनले प्रधानमन्त्रीको सुरक्षा नीतिको आलोचना गर्दै आएका छन्। उनले विदेश, रक्षा र अर्थ मन्त्रालयको नेतृत्व गरिसकेका छन्। यायर गोलन नेतृत्वको ‘द डेमोक्रेट्स’ पार्टीले परम्परागत वामपन्थी धारको प्रतिनिधित्व गर्छ। गोलनले प्यालेस्टिनीहरूसँग दुई राज्य समाधानको समर्थन गर्नुका साथै समलिङ्गी विवाहलाई मान्यता दिन र यहुदी विश्रामदिनमा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्। अरब समुदायको प्रतिनिधित्व गर्ने मन्सुर अब्बासको पार्टी सन् २०२१ मा बेनेट नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने पहिलो अरब पार्टी बनेको थियो। इजरायलको जनसङ्ख्यामा अरब समुदायको हिस्सा करिब २० प्रतिशत छ। अब्बासको समर्थन विपक्षी गठबन्धनका लागि निर्णायक हुन सक्ने बताइएको छ। नेतान्याहुले भने उनीसँग सहकार्य गर्ने विपक्षी नेताहरूको आलोचना गर्दै आएका छन्। समर्थन विस्तार गर्न अब्बासले इजरायली यहुदी तथा पूर्वप्रहरी अधिकारी योव सेगालोभिट्जलाई आफ्नो पार्टीबाट उम्मेदवार बनाएको बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बाढीले सोती बजारसहित नदी किनारका बस्तीमा ठूलो क्षति [तस्बिरहरू]
ताजा खबरJust now

बाढीले सोती बजारसहित नदी किनारका बस्तीमा ठूलो क्षति [तस्बिरहरू]

असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका उत्तरी क्षेत्रका बस्ती, बजार, पुल तथा सडकमा ठूलो क्षति पुर्‍याएको छ । ...

हाम्राकुरा
धनुषाका एसपी खड्काले दिए रास्वपाका सभापतिलाई कानुनी कारबाही गर्ने चेतावनी
ताजा खबरJust now

धनुषाका एसपी खड्काले दिए रास्वपाका सभापतिलाई कानुनी कारबाही गर्ने चेतावनी

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्काले रास्वपा धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादवले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कानुनी कारबाहीको चेतावनी दिएका छन्।  एसपी खड्काले प्रेस विज्ञप्ति जारी गर्दै यादवले आफू र प्रहरी संगठनको प्रतिष्ठामा आँच पुर्‍याउने गरी भ्रामक तथा तथ्यहीन आरोप लगाइएको भन्दै कडा आपत्ति जनाएका छन्। सोमबार धनुषामा ... ...

नेपालखबर
अमेरिकाको विद्यालयमा बिरालोलाई ‘जागिर’
ताजा खबरJust now

अमेरिकाको विद्यालयमा बिरालोलाई ‘जागिर’

न्युयोर्क । अमेरिकाको रोड आइल्यान्डस्थित एक मिडल स्कुलमा बालबालिकाको तनाव र एङ्जाइटी कम गर्नका लागि एउटा बिरालोलाई आधिकारिक रूपमा ‘थेरेपी क्याट’को दर्जा दिइएको छ। साढे तीन वर्षको उक्त बिरालोको नाम पाइनकोन... ...

रातोपाटी
चितवनलाई पहिलो झट्का, देव खनाल १२ रनमा आउट
ताजा खबरJust now

चितवनलाई पहिलो झट्का, देव खनाल १२ रनमा आउट

नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोजले पहिलो विकेट गुमाएको छ।  आठौँ ओभरको अन्तिम बलमा चरित असलंकाको बलमा लोकेश बमले देव खनाललाई स्टम्पिङ गरे।  खनालले १५ बलमा १२ रन जोडे। अर्का ओपनर डाविड मलानले ३४ बलमा  बलमा ४३ रन बनाएका छन्। अहिले अर्जुन साउद क्रिजमा आएका छन्। ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play