Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/निःशुल्क वितरण हुने यी औषधि, दिने कसले ?

निःशुल्क वितरण हुने यी औषधि, दिने कसले ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
निःशुल्क वितरण हुने यी औषधि, दिने कसले ?

सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत निःशुल्क सुत्केरी सेवा पाउने महिलाले अस्पतालले मागेको अनियमित शुल्क दिन नसक्दा सडक पेटीमै बच्चा जन्माउनुपर्ने । मन्त्रीलाई रुघा लाग्दा हवाई एम्बुलेन्स प्रयोग हुने । ग्रामीण जनताले स्थानीय स्वास्थ्य चौकीमा सिटामोल र जीवनजलसम्म नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने । यो अहिले हामीले व्यहोर्दै आएको लोकतान्त्रिक समानताकै विशेषता हो । स्मरण रहोस् गएको भाद्र २४ गते राजविारज १४ कि वविता पासवान प्रसव पीडाले छटपटाउँदै श्रीमान्को साथ गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन् तर अस्पतालका कर्मचारीले जाँचलगयातको ३२०० सेवा शुल्क लाग्छ अन्यथा भर्ना हुँदैन भनेपछि शुल्क तिर्न नसकेर फर्किएकी विपन्न वविता अस्पतालकै मूलगेट नजिककै सडक पेटीमा सुतिन । त्यही सडक किनारमै बिहानको ४ बजे उनले शिशुलाई जन्म दिइन् । राज्यले संविधानमा उल्लिखित व्यवस्थामात्रै गर्ने हो भने औषधोपचारको व्यवस्था सर्वसुलभ र सहज हुन्छ तर जनस्वास्थ्योपरको यही आधारभूत कुरा राज्यले किन पूरा गर्दैन ? यो आमनागरिकबाटै उठिरहेको सवाल हो । जनस्वास्थ्यको आधारभूत पक्षलाई ध्यानमा राखी राज्यले विस्तारित गरेको स्वास्थ्य सेवा केन्द्र अझै पर्याप्त छैनन् । गएको साउनकै अन्तिम सातातिर संघीय सरकारकै एक मन्त्रीलाई पश्चिमी पहाडी क्षेत्रकै भ्रमणमा रहँदा रुघा लाग्यो । उनलाई हेलिएम्बुलेन्स चढाएर उतिखेरै नेपालगञ्ज हुँदै उपचारार्थ काठमाडौं ल्याइयो । चिकित्सकले उनलाई नितान्त निजी आवासकै, निजी बेडमै सुताएर पूर्ण सजगताका साथ आराम गर्ने सल्लाह पनि दिए । दुई दिनको आरामपछि उनी तन्दुरुन्त पनि भए । मन्त्रीको नाम यहाँ दिइरहनै पर्दैन किनकि त्यही प्रकरणमा उतिखेरै उनी भाइरलै बनेका व्यक्ति हुन् । हाम्रो संविधानको धारा ३५ को उपधारा (१) मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने कुरा उल्लेख गरेको छ । सोही धारा ३५ कै उपधारा (२) मा ‘प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ ।’ उपधारा (३) मा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने छ ।’ भनी उल्लेख गरिएको छ । यसको साथै संविधानकै धारा ५१ को (ज) नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिको नम्बर (५) मा ‘नागरिकलाई स्वास्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने’, (६) मा ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने’, (७) मा नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिकलगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने, (८) मा ‘स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने’ र (९) मा ‘स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने’, व्यवस्था गरेको छ । यी सबै जनस्वास्थ्यलाई उच्च महत्त्व दिई गरिएका संवैधानिक व्यवस्था नै हुन् । यदि राज्यले संविधानमा उल्लिखित व्यवस्थामात्रै गर्ने हो भने औषधि उपचारको व्यवस्था सर्वसुलभ र सहज हुन्छ तर जनस्वास्थ्योपरको यही आधारभूत कुरा राज्यले किन पूरा गर्दैन ? यो आमनागरिकबाटै उठिरहेको सवाल हो । जनस्वास्थ्यको आधारभूत पक्षलाई ध्यानमा राखी राज्यले विस्तारित गरेको स्वास्थ्य सेवा केन्द्र अझै पर्याप्त छैनन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा अटुट रूपमा कायम राख्नुपर्ने औषधि व्यवस्थापन कार्य त झनै नाजुक अवस्थामा छ । कतिपय स्थानमा स्वास्थ्य केन्द्रको भवन मात्र छ, सञ्चालनमै ल्याइएको छैन । सञ्चालन गरिएका स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकको अभाव उत्तिकै छ । बिरामीलाई सिटामोल र जीवनजलसम्म स्वास्थ्य सेवा केन्द्रले प्रदान गर्न सक्दैन । स्वास्थ्य सेवा केन्द्रको हालत यस्तो छ भने अर्कोतिर च्याउझैँ वर्षेनी उम्रँदै आएका प्राविधिक शिक्षालयबाट उत्पादित जनशक्ति बेरोजगार भइरहेको छ । यो सबै राज्य सञ्चालकको अनुदार मानसिकताकै उपजका कारण निम्तिएको राष्ट्रिय समस्या हो । यही पृष्ठभूमिमा राज्यले निम्न ९८ प्रकारका औषधि नागरिकलाई निःशुल्क वितरण गर्ने घोषणा २०७८ सालमै गरेको थियो । बिरामीलाई आवश्यक पर्ने निःशुल्क वितरण हुनेभनिएका यी औषधि केन्द्रदेखि स्थानीय तहसम्मका अस्पताल वा स्वास्थ्य सेवा केन्द्रबाट वितरण भएको छ-छैनन् ? त्यो बिरामी स्वयंले अनुभूति गरेकै छन् । तथापि के कस्तो रोग संवद्ध, कुन-कुन औषधि राज्यले निःशुल्क दिने घोषणा गरेको थियो भन्नेबारेमा नागरिकलाई जानकारी हुनै पर्ने भएकोले यहाँ त्यसको पूर्ण विवरण उल्लेख गरिएको छ :- निःशुल्क वितरण हुने औषधिहरू : (१) जेन्टामाइसिन-नवजात शिशुमा हुने संक्रमण र निमोनियाको (२) एन्टासिट ग्यास्टिक र पेटको ज्वलनको (३) फुरोसिमाइड, हर्टफेलियर र मिर्गौलाको समस्यामा (४) एम्सोडिपिन- उच्च रक्तचाप (५) सोसाटार्न- उच्च रक्तचाप (६) नेफेडिपिन-उच्च रक्तचाप (७) बीसीजी खोप-क्षयरोगविरुद्ध (८) एस्पिरिन-शरीर र टाउको दुखाई र माइग्रेन (९) बेन्जामिन बेन्जाइल पेनिसिलिङ- वाथ तथा मुटु रोग (१०) सेफ्टियाकजोन-कडा इन्सफेक्सन, टाइफाइड र निमोनिया (११) आर्टिमिसिमीन-मलेरिया (१२) सेफिक्सिम-मिर्गौला, पिसाब, घाँटी र फोक्सोको संक्रमणमा (१३) सिप्राएसोस्सासिन-पिसाबको संक्रमण, हैजा, टाइफाइड र ज्वरोमा (१४) नाइट्रो फ्युरान्टिन-पिसाब तथा अन्य संक्रमण (१५) डेक्सामेवासोन-दम र एलर्जी तथा कमन मेडिसिन । (१६) आइरन टेबलेट-गर्भवती र रक्त अल्पता (१७) म्याग्नेसियम सल्फेट-गर्भवतीमा हुने उच्च रक्तचाप (१८) मेथाइनडोपा-गर्भावस्थामा हुने रक्तचाप (१९) ग्लिमि पिराइड-मधुमेह र (२०) मेटफर्मिन-मधुमेह । यसैगरी (२१) हाइड्रोकटिसोन-दम, एलर्जी (२२) साम्बुटामोल-दम (२३) अक्सिजन-दम तथा अक्सिजन आवश्यक पर्ने बिरामीलाई (२४) प्रेडनिसोलोन–दम, एलर्जी र वाथ (२५) जापनिज इन्सेफ्लाइटिक्स-बच्चालाई दिने खोप (२६) ओआरएस-झाडापखाला (२७) नर्मल स्लाइन–रगतको कमी, पखाला, पानीको मात्रा कमी हुँदा (२८) प्यारासिटामोल–ज्वरो कम पार्ने (२९) भिटामिन ए-भिटममिनको कमी हुन नदिने पोषण (३०) भिटामिन बी क्प्लेक्स- भिटामिनको कमी हुननदिने पोषण (३१) भिटामिन के वान-नवजात शिशुलाई दिने भिटममिन (३२) सोडियम भाल्पोरेट- छारे रोगमा । (३३) उस्सिसाइक्लिन–स्क्रब टाइफस संक्रमण, श्वास-प्रश्वास समस्यामा (३४) रिस्पेरिडोन-मानसिक रोगी (३५) पीसीभी खोप-निमोनिया (३६) र्‍यानिटिडीन-ग्यास्ट्राटिसमा (३७) प्यारिडोक्सिन- टीबीका बिरामीलाई दिने भिटामिन (३८) फ्लुनेटिन-मानसिक स्वास्थ्य र डिप्रेसन (३९) सिप्राफेलोस्सासिन-पिसाबको संक्रमण, हैजा, टाइफाइट, ज्वरो (४०) एड्रेनालिन-एलर्जी (४१) अन्देन्डाजोल-जुकापर्दा (४२) एमिट्रिप्टीलिन- एन्जाइटी, डिप्रेसन, न्यूरोप्याथिक पेन, माइग्रेन (४३) एमोक्सिसिलिन-घाँटीको संक्रमण (४४) एम्पिसिलिन-घाँटी, श्वास-प्रश्वास र बच्चामा हुने संक्रमण (४५) आर्टेसुनेट-कडामलेरियाले बेहोस् बन्दा (४६) एट्रोपिन-अर्गानोफस्फोरस-प्वाइजनिङमा (४७) एनिथ्रोमाइसिन-यौनजन्य एवं घाँटीको संक्रमण, छाला, पिनास, कानपाकेको (४८) कालामिन लोसन-चिलाउँदा र ठेउला आउँदा (४९) क्याल्सियम ग्लुकोनेट-अचेत भएको बेलाको आकस्मिक सेवामा (५०) कार्बामाजिपिन–छारे रोग, न्यूरोप्याथिकपेन, माइग्रेनमा । यस्तै (५१) सेन्ट्रिजिन-एलर्जी र छालाको समस्या (५२) चारकोल एक्टिभेटेड-बिषादी खाएको बिरामीलाई (५३) क्लोरहेक्सिडिन-मुखको संक्रमणमा, शिशुको नाभिमा लाउने मलम (५४) क्लोक्विन-मलेरिया, वाथ (५५) क्लोट्रिमाजोल-छाला, योनीको संक्रमण र फँगल इन्सफेक्सनमा (५६) क्लोब वायल-दाँत दुख्दा (५७) क्लोस्सासिलिन- छालाको संक्रमणमा (५८) पिल्स- परिवार नियोजनको साधन (५९) कोट्रिमोस्साजोल-छाला, घाँटी पिसाबको संक्रमण (६०) एमडीटी कम्ब्रिप्याक-कुष्टरोग (६१) डेस्सट्रोज-ग्लुकोज (६२) डाइजेपाम-छारेरोग, ब्याकपेन, निद्रा नलाग्ने र एनजाइटीमा (६३) डाइक्लोफिन्याक, बाथरोग, अत्यधिक पेन, जोर्नी र ब्याक पेन (६४) एफआईपीभी खोप-पोलियोविरुद्ध (६५) फ्लुकोनाजोल- योनीको संक्रमण, छाला संक्रमण र तल्लो पेट दुखेमा (६६) फोलिक एसिड-गर्भावस्था (६७) जेन्सन भायोनेट-पोलेको, चोटपटक, टाउकाको संक्रमण (६८) एचपीसी खोप- प्वापिलोभ भाइरस (६९) एचआरजेडई- क्षयरोग (७०) हायोसिन ट्युटोब्रोमाइड-वाकवाकी, दुखाई (७१) आइब्रु प्रोफेन-जोर्नी र मांसपेशी दुखाइ (७२) सेमोनरपेडेट- गर्भनिरोधक चक्की, परिवार नियोजन । लिस्टमा उल्लिखित औषधि, विभागबाटै आइनपुगेको, हाल सकिएको, झिकाइएको भनी अस्पताल र फर्मेसीले पन्छाउँछ । सस्तो खालको औषधि भने फाटफुट उपलब्ध हुन्छ । महँगो औषधि खरिद गर्न अस्पताल स्टाफले नाम लिएकै निजी फार्मेसीमा पुग्नै पर्दछ । त्यस्तो हुनु अस्पताल, कर्मचारी र फार्मेसी सञ्चालकबीचको पारस्पारिक लाभ हो । यसैगरी (७३) लिग्नोकाइन- दुखाइ कम गर्ने (७४) निग्नोसाइन विथ एड्रेनालिन-दाँत निकाल्न (७५) मिजन्स रुवेलाखोप-मिजन्सरुबेला (७६) मेड्रग्लिप्रोजेस्ट्रोन-परिवार नियोजन (७७) मेटोक्लोप्रोमाइड-वाकवाकी वान्ता (७८) मेड्रोनिडाजोल-आउँ तथा मासी (७९) भिफेप्रिस्टोन-गर्भपतनमा (८०) भिजोप्रोस्टल- उच्च रक्तचाप (८१) नियमाइसिन- छालाको संक्रमण (८२) ओरल पोलियो खोप-पोलियोविरुद्ध (८३) अक्सिमेटाजोलिन- नाक बन्द हुँदा वा रगत बगेमा (८४) अक्सिटोसिन-रक्तस्राव रोक्न (८५) पेन्टाम्यालेन्ट खोप-टिटानस, डिप्थेरिया (८६) पर्मेथ्रिन-लुतो (८७) फेनिरमिन-एलर्जी (८८) फेनोवाबिटल-छारेरोग (८९) पोभिडिन आयोडिन-छाला (९०) प्रालिडोक्सिम सोडियम-प्वाइजनिङमा (९१) प्रिमाक्विन-मलेरिया (९२) रिगर स्याक्टेड-रक्तस्राव, झाडापखाला (९३) रोटाभाइरस खोप-रोटाभाइरसमा (९४) सिन्भर सल्फाडियानिन-पोलेको घाउको मलम (९५) टिटानस डिप्थेटिया- टिटानसविरुद्ध (९६) टिटानस टक्साइड-टिटानस विरुद्ध (९७) ट्रेटासाइक्लिन-आँखाको संक्रमण र (९८) टिनिडाजोल-आउँ तथा मासी पर्दा । यी हुन निःशुल्क पाइने भनिएका औषधिहरू । लिस्टमा उल्लिखित औषधि, विभागबाटै आइनपुगेको, हाल सकिएको, झिकाइएको भनी अस्पताल र फर्मेसीले पन्छाउँछ । सस्तो खालको औषधि भने फाटफुट उपलब्ध हुन्छ । महँगो औषधि खरिद गर्न अस्पताल स्टाफले नाम लिएकै निजी फार्मेसीमा पुग्नै पर्दछ । त्यस्तो हुनु अस्पताल, कर्मचारी र फार्मेसी सञ्चालकबीचको पारस्पारिक लाभ हो । यसबारेमा अस्पताल र स्वास्थ्य मन्त्रालयकै पदाधिकारीहरू एकअर्कालाई दोष दिएरै पन्छन्छन् । किनकि यस प्रकरणमा उनीहरू चुकेका हुन्छन् । जनस्वास्थ्यलाई संवेदनशील नठान्ने, सुधारको मानसिकता नराख्ने, पदलाई आर्जनको अवसर ठान्ने, भ्रामिक कुराले जनता भुल्याउने तर कुनै दृष्टान्त भने युरोपियन मुलुकको दिने सत्तासिन नेताले मित्र राष्ट्र भारतकै जनस्वास्थ्यको लोकप्रिय व्यवस्थाको दृष्टान्त किन दिँदैनन् ? स्मरण रहोस् भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रधानमन्त्री भारतीय जनऔषधि परियोजना’ लागू गरेका छन् । यस योजनाअन्तर्गत भारतमा १५ हजारभन्दा बढी जनऔषधि बिक्री केन्द्र स्थापित गरी बजार मूल्यभन्दा पचासदेखि नब्बे प्रतिशतसम्म मूल्य छुट दिई सर्वसाधारणले खरिद गर्न पाउने व्यवस्था मिलाएका छन् । नेपालमा ब्लडप्रेसरको १५ चक्कीको १२० रुपैयाँ पर्ने माइलोड १०, औषधि, भारतमा १५ रुपैयाँमै पाइन्छ । यस्तो लोकप्रिय दृष्टान्त त मोदीका अरू धेरै छन् । यसले मोदी आफैं सत्तामा टाँसिइरहेका होइनन्, जनप्रिय कार्य गरेकाले जनताले नै मोदीलाई सत्तासीन गराइरहेका हुन् भन्ने कुरा पुष्टि गर्दछ । नेपालको अहिलेको शक्तिशाली जनसरकारले पनि जनस्वास्थ्यलाई संवेदनशील ठानोस्, परम्परागत कमीकमजोरी सुधार गरी जनतालाई लाभान्वित गराएरै आफ्नो दायित्व पूरा गरोस् । सरकारप्रति जनताको यही अपेक्षा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
ताजा खबरJust now

एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडाैं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । यी दुई टोली अघिल्लो ...

हिमालय टाइम्स
दुई पटकको अभागी सुदूरपश्चिमको लक्ष्य पहिलो उपाधि
ताजा खबरJust now

दुई पटकको अभागी सुदूरपश्चिमको लक्ष्य पहिलो उपाधि

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्स यसपटक पहिलो उपाधिको खोजीमा छ । लगातार दुई पटक उपविजेतामा सीमित बनेको... ...

रातोपाटी
जलवायु न्यायको सुरुवात
ताजा खबरJust now

जलवायु न्यायको सुरुवात

हजारौँ माइल यात्रा पहिलो पाइलाबाटै आरम्भ हुन्छ भनिन्छ । पहिलो पाइला सजिलो हुँदैन । त्यसका निम्ति ठुलो तयारी चाहिन्छ । उद्देश्य र गन्तव्य स्पष्ट हुनु पर्छ । आँट र अठोट पनि चाहिन्छ ।... ...

गोरखापत्र
झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता
ताजा खबरJust now

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

• झापाका किसानहरू धान पाक्ने समयमा जङ्गली हात्तीबाट बाली जोगाउन चिन्तित छन्, जसका लागि सशस्त्र प्रहरीले सुरक्षा निगरानी र जनचेतना अभियान चलाइरहेको छ। • हात्तीको जोखिमबाट बच्न किसान र स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र रातको समयमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ। • हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र हात्तीलाई नजिक जान्न वा लखेट्न प्रयास नगर्न सशस्त्र ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play