Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नार्कले खुमलटारका कर्मचारी आवास गृह खाली गराउन दियो निर्देशन

नार्कले खुमलटारका कर्मचारी आवास गृह खाली गराउन दियो निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नार्कले खुमलटारका कर्मचारी आवास गृह खाली गराउन दियो निर्देशन

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ललितपुरको खुमलटारस्थित आफ्ना कार्यालयहरूमा रहेका कर्मचारी आवास गृहहरूको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। परिषद्ले मातहतका कार्यालयहरूलाई आवास गृहको विवरण संकलन गर्न र अनधिकृत रूपमा प्रयोग भइरहेका आवास ३५ दिनभित्र खाली गराउन निर्देशन दिएको छ। परिषद्को व्यवस्थापन बैठकले कात्तिक ११ गते गरेको निर्णयअनुसार यस्तो निर्देशन जारी गरिएको हो। परिषद्का कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा हाल आवास गृह प्रयोग गरिरहेका कर्मचारीको नाम, पद र तहसहितको विवरण तीन दिनभित्र उपलब्ध गराउन भनिएको छ। परिषद्ले आवास गृहको प्रयोगसम्बन्धी विवरण अद्यावधिक गर्दै अनधिकृत प्रयोग नियन्त्रणका लागि आवश्यक कारबाही अघि बढाउन सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरेको छ। आवास गृहको प्रयोगकर्ताको विवरण संकलन गर्ने र अनधिकृत रूपमा रहेका आवास खाली गराउने जिम्मेवारी सम्बन्धित कार्यालयलाई नै दिइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि आफूलाई चोखो देखाउन विज्ञप्तिको बाढी, कसको पत्याउने ?
ताजा खबरJust now

बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि आफूलाई चोखो देखाउन विज्ञप्तिको बाढी, कसको पत्याउने ?

काठमाडौँ । एक जना विवादास्पद व्यक्तिसँग नाम जोडिएपछि देशका सुरक्षा निकाय र न्यायालयका उच्च पदस्थ व्यक्तिहरू एकपछि अर्को स्पष्टीकरण दिनुपर्ने अवस्थामा पुगेका छन् । खुंखार बिचौलिया भनिएका इनम सापकोटासँगको सम्पर्कलाई... ...

रातोपाटी
लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा किन हुन्छ विरोध ?
ताजा खबरJust now

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा किन हुन्छ विरोध ?

२०७४ मा अवधेशकुमार त्रिपाठी उपाध्यक्ष बन्नुअघिसम्म नियुक्तिमा खासै चासो हुने गरेको थिएन, त्रिपाठीको कार्यकाल सकिएपछि २०८० मा ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ति गर्दा विवादित व्यक्ति भन्दै विरोध भयो, अध्यादेशबाट लामालाई पदमुक्त गरिएपछि आनी छोइङ डोल्मालाई हालै उपाध्यक्ष बनाइँदा विरोधमा धर्ना र प्रदर्शन नै भइरहेका छन् । ...

कान्तिपुर
सार्क १२ वर्षदेखि किन ठप्प छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
ताजा खबरJust now

सार्क १२ वर्षदेखि किन ठप्प छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

माल्दिभ्स, बंगलादेश, पाकिस्तान र अन्य सदस्य राष्ट्रले सार्कलाई पुनः सक्रिय बनाउन आवाज उठाइरहेका छन् । तर, भारत–पाकिस्तान तनावका कारण सार्कको अर्को शिखर सम्मेलनको टुंगो लागेको छैन । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play