Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नारायणी नदीमा दुई दिनमा तीन जना बेपत्ता, एक जनाको उद्धार

नारायणी नदीमा दुई दिनमा तीन जना बेपत्ता, एक जनाको उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणी नदीमा दुई दिनमा तीन जना बेपत्ता, एक जनाको उद्धार

नवलपुर । नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई किशोरकिशोरी र एक जना पहिचान नखुलेका पुरुष छन्। नदीमा डुबेका एक किशोरको भने सकुशल उद्धार गरिएको छ। नवलपुरको गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्कनजिकै सोमबार नदीमा डुबेर दुई जना बेपत्ता भएका हुन्। स्थानीय १७ वर्षीया वर्षा सुनार नदीमा डुब्न लागेपछि उनलाई बचाउन गैँडाकोट–२ का १५ वर्षीय प्रतीक सापकोटा र १४ वर्षीय सबिन सुनार नदीमा पसेका थिए। त्यस क्रममा तीनै जना डुबेका थिए। घटनालगत्तै चितवनको राप्ती नगरपालिका–९ का ४१ वर्षीय चेकमान सिंह लामाले सबिनलाई सकुशल उद्धार गरेका थिए। वर्षा र प्रतीक भने अझै फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ। यसैगरी, मंगलबार गैँडाकोट नगरपालिका–२ स्थित नारायणी पुलबाट हाम फालेका एक पुरुष बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार ती पुरुषको नाम, थर, ठेगाना र उमेर खुलेको छैन। ती पुरुषले खैरो–कालो रङको पाइन्ट, सेतो, कालो र हरियो मिश्रित हुडी तथा खैरो–कालो चप्पल छाडेका छन्। उनले गुलाबी रङको लेडिज साइकल पनि छाडेर पुलको छैटौँ खम्बामाथिबाट नदीमा हाम फालेको प्रहरीले जनाएको छ। बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित विदेशी चलचित्रकर्मी सहभागी हुने
ताजा खबरJust now

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित विदेशी चलचित्रकर्मी सहभागी हुने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी हुने भएका छन्। फेस्टिभलमा सांघाई फिल्म एकेडेमी तथा फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा पनि सहभागी हुनेछन्। काठमाडौँको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त, ...

नेपालन्युज
शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा
ताजा खबरJust now

शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा

काठमाडौं। पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल हेर्न त्रिवि क्रिकेट रंगशालामा पुगेका छन्। खेलका क्रममा उनले मैदानमा उपस्थित खेलाडीहरूसँग कुराकानी गरेका थिए भने पहिलो इनिङ्सपछि दर्शकलाई अभिवादन समेत गरे। ‘रावलपिण्डी एक्सप्रेस’ का नामले चिनिने अख्तरले सन् २००३ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै विश्व कीर्तिमान बनाएका थिए। ...

नेपालन्युज
जनकपुरका कप्तान हर्मित सिंह १९ रनमा आउट
ताजा खबरJust now

जनकपुरका कप्तान हर्मित सिंह १९ रनमा आउट

काठमाडाैँ। जनकपुर बाेल्ट्सका कप्तान हर्मित सिंह १९ रन बनाएर आउट भएका छन्। उनले १३ बलको सामना गर्दै १९ रन बनाएका हुन्। आक्रामक ब्याटिङ गर्ने प्रयास गरेका हर्मितले ठुलो इनिङ्स खेल्न सकेनन्।... ...

रातोपाटी
दुबईमा डीडीसीको घिउ निर्यात नियमित, तिहारअघि थप डेढ टन जाँदै
ताजा खबरJust now

दुबईमा डीडीसीको घिउ निर्यात नियमित, तिहारअघि थप डेढ टन जाँदै

काठमाडौंँ । नेपालको पहिलो पटक दुबईमा आफ्नो उत्पादन निर्यात गरेर ऐतिहासिक फड्को मारेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को घिउ निर्यात अब नियमित बनेको छ । परीक्षणका रूपमा गरिएको पहिलो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play