Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नारायणगढ-हेटौँडा सडक स्तरोन्नतिमा ५१ कम्पनीको चासो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणगढ-हेटौँडा सडक स्तरोन्नतिमा ५१ कम्पनीको चासो
Photo / Coverage: नेपालन्युज

काठमाडौं। पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ: हेटौँडा सडक खण्ड विस्तारका लागि ५१ निर्माण कम्पनीले आवेदन दिएका छन्। ७० किलोमिटर लामो उक्त सडकलाई तीन प्याकेजमा विभाजन गरी स्तरोन्नति गर्न ठेक्का आह्वान गरिएको थियो। सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का अनुसार आवेदन दिनेमा अधिकांश चिनियाँ र भारतीय कम्पनी छन्, जसमध्ये केहीले नेपाली निर्माण व्यवसायीसँग संयुक्त उपक्रम (जेभी) मा प्रस्ताव पेस गरेका छन्। आयोजना निर्देशक चुडाराज ढकालका अनुसार पहिलो प्याकेजमा १६, दोस्रोमा १७ र तेस्रोमा १८ कम्पनीले प्रस्ताव पेस गरेका छन्। पहिलो प्याकेज मकवानपुर जिल्लाभित्रको ४० किलोमिटर, दोस्रो मकवानपुर सीमादेखि चितवनको टिकौलीसम्मको २६ किलोमिटर र तेस्रो टिकौलीदेखि गोन्द्राङसम्मको चार किलोमिटर खण्ड रहेको छ। हाल निर्देशनालयले प्राविधिक प्रस्तावको मूल्यांकन गरिरहेको छ। निर्देशक ढकालले कर्मचारी हेरफेरका कारण मूल्यांकन प्रक्रिया भर्खरै सुरु भएको र यसलाई सक्न तीनदेखि चार महिना लाग्न सक्ने जानकारी दिए। एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा यो सडक चार लेनमा विस्तार गर्न लागिएको हो। यसका लागि बैंकले करिब २४ करोड ५० लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता स्वीकृत गरिसकेको छ। सडकको डिजाइन स्पिड प्रतिघण्टा १०० किलोमिटर छ भने सहरी क्षेत्रमा सर्भिस लेन, नाली र फुटपाथसमेत निर्माण गरिनेछ। यस परियोजनाको मुख्य आकर्षण टिकौली जंगलमा बन्ने दुई किलोमिटर लामो ‘भायडक्ट’ हो, जुन नेपालमै पहिलो पटक निर्माण हुन लागेको हो। वन्यजन्तुको सुरक्षित ओहोरदोहोरका लागि बनाइन लागेको यो संरचनामुनिबाट जनावरहरूले सडक पार गर्नेछन्। यसका अतिरिक्त ठूला र अति ठूला वन्यजन्तुका लागि थप तीन-तीन वटा क्रसिङ पनि निर्माण गरिनेछ। भायडक्ट निर्माणका लागि मात्र करिब ६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डब्ल्यूबीबीएलमा अनौठो घटना, खाली स्टम्पमा बोल्ड हुँदै ब्याटर शून्यमा आउट
Latest NewsJust now

डब्ल्यूबीबीएलमा अनौठो घटना, खाली स्टम्पमा बोल्ड हुँदै ब्याटर शून्यमा आउट

ब्रिसबेन । जङ्क्सन ओभलमा ब्रिसबेन हिटविरुद्धको खेलमा मेलबर्न रेनेगेड्सकी ब्याटर डिआन्ड्रा डटिन ‘फ्रि बल’ मा बोल्ड हुँदै अनौठो तरिकाले आउट भइन्। एक सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा १५ औँ ओभरमा चार... ...

रातोपाटी
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
Latest NewsJust now

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सहमतिले गौतमबुद्ध विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको बाटो खोल्ने अपेक्षा गरिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement