Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नारायणगढमा ट्राफिक लाइटको तार चोरी, सञ्चालनमा आउन अझै एक महिना लाग्ने

नारायणगढमा ट्राफिक लाइटको तार चोरी, सञ्चालनमा आउन अझै एक महिना लाग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणगढमा ट्राफिक लाइटको तार चोरी, सञ्चालनमा आउन अझै एक महिना लाग्ने

चितवन । चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल तार काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ । केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्राफिक लाइट जडानको ठेक्का पाएको एभरेस्ट टु सी अमर ज्योति जेभीका सञ्चालक सुमन थापाका अनुसार चोरहरूले केबल काटेर लगेपछि सबै केबल फेर्नुपर्ने भएको छ । ‘यस्ता केबल नेपालमा नपाइने र काटिएको केबल जोडेर पनि काम गर्न नसकिने हुन्छ,’ उनले भने, ‘विदेशबाट केबल मगाउनुपर्ने भएकाले थप समस्या भएको छ ।’ केबल मगाएर जडान गर्न कम्तीमा एक महिना लाग्ने थापाले जानकारी दिए । नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास रोडका विभिन्न ६ प्रमुख चोकमा ट्राफिक लाइट जडान गरिएको छ । पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बस टर्मिनल र मालपोत चोकमा ट्राफिक लाइट राखिएको छ । सवारी चाप बढी भएका र दुर्घटनाको जोखिम रहेका स्थानमा ट्राफिक लाइट जडान गरिएको हो । ६ मिटरको आर्म भएका सात मिटर अग्ला भेहिकल पोल र पैदलयात्रीका लागि पेडेस्ट्रियन पोल प्रयोग गरिएको छ । गत वर्ष नै जडान गरिसक्नुपर्ने ट्राफिक लाइटको काम जेनजी आन्दोलन र निर्वाचनका कारण ढिलाइ भएको थियो । सडक फराकिलो बनेपछि सवारी व्यवस्थापनमा समस्या हुँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी आवागमन व्यवस्थापनमा सहजता हुने बताए । उनका अनुसार ट्राफिक लाइटको ब्याकअप र सेटिङ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाटै हुनेछ । बत्तीको सञ्चालन तथा अनुगमन कार्यालयको कन्ट्रोल रुमबाट कम्प्युटर प्रविधिमार्फत गरिनेछ । कुन चोकमा कति समयसम्म बत्ती बाल्ने भन्ने नियन्त्रण र नियमन पनि त्यहीँबाट हुनेछ । भरतपुर महानगरपालिकाका ६ वटा चोकमा ट्राफिक लाइट जडान गर्न २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित १ करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ चैत २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनीलाई दैनिक ५ हजार रुपैयाँका दरले जरिवाना तिराउँदै निर्माण कार्य अघि बढाइएको थियो । केबल चोरी भएपछि भने ट्राफिक लाइटको परीक्षण तथा सञ्चालनमा थप ढिलाइ हुने भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ
ताजा खबरJust now

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ

काठमाडौं।दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो। ...

नेपालन्युज
पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद
ताजा खबरJust now

पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा रहेको ...

कर्पोरट खबर
ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता
ताजा खबरJust now

ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता

काठमाडौँ । रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका... ...

रातोपाटी
टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी
ताजा खबरJust now

टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी

काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना नेपाल भाग्ने तयारीमा रहेको दाबी गरिएको छ । बीबीसी हिन्दीका अनुसार राजस्थानको कोटा प्रहरीले सोमबार बिहान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play