Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

नापजाँच सम्पन्न भएको १२ वर्षपछि सर्लाहीका २७५ स्ववासी परिवारले पाए लालपुर्जा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नापजाँच सम्पन्न भएको १२ वर्षपछि सर्लाहीका २७५ स्ववासी परिवारले पाए लालपुर्जा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सर्लाहीको विष्णु गाँउपालिका वडा नं ५ र ६ (साविक सिमरा गा.वि.स. वडा नं १,२,३,४,५,६ र ७) का २७५ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २७५ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्। नापी कार्यालय सर्लाहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। उक्त क्षेत्रको नापजाँच कार्य २०७१ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले उक्त परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो। जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ। स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्। लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ।त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ। The post नापजाँच सम्पन्न भएको १२ वर्षपछि सर्लाहीका २७५ स्ववासी परिवारले पाए लालपुर्जा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँको जयवागेश्वरीमा चोरी गर्ने युवक पक्राउ
Latest NewsJust now

काठमाडौँको जयवागेश्वरीमा चोरी गर्ने युवक पक्राउ

काठमाडौँ। काठमाडौँको जयवागेश्वरीस्थित एक घरबाट चोरी भएका ठुलो परिमाणका सुनचाँदीका गरगहना तथा नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोल रहेका छन्। जिल्ला... ...

रातोपाटी
काठमान्डुलाई ६१ रनले हराउँदै चितवन पुग्यो दोस्रो क्वालिफायरमा
Latest NewsJust now

काठमान्डुलाई ६१ रनले हराउँदै चितवन पुग्यो दोस्रो क्वालिफायरमा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा चितवन राईनोजले काठमान्डु गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको छ । पराजित काठमान्डु इलिमिनेटरबाटै बाहिरिएको छ । बुधबार चितवनले दिएको... ...

रातोपाटी
नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा
Latest NewsJust now

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाण्डु – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । साविक सिमरा गाविसका वडा नम्बर १ देखि ७ सम्मका ती परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व पाएका हुन् । नापी कार्यालय सर्लाहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play