Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण
Photo / Coverage: टेक्नोलोजी खबर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको टोलिले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटवार्ता गरि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेका छन्। नाडाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको हो। नाडाका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिहरूमा सम्बन्धित संघ संस्था तथा कार्यालयहरूलाई आवश्यकताअनुसार विभिन्न सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ। सहयोगात्मक गतिविधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायहरूसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास लिएको छ। नाडाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक तथा रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिँदै सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। The post नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्न्यापच्याटका सशुल्क ग्राहक ३ करोड नाघे
TechnologyJust now

स्न्यापच्याटका सशुल्क ग्राहक ३ करोड नाघे

सामाजिक सञ्जाल प्लेटफर्म स्न्यापच्याटको सशुल्क सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३ करोड नाघेको छ। कम्पनीले बुधबार सार्वजनिक गरेको सन् २०२६ को तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनमार्फत यस्तो जानकारी दिएको हो। कम्पनीका अनुसार यस वर्षको फेब्रुअरीमा सशुल्क ग्राहक संख्या २ करोड ५० लाख पुगेको थियो। त्यसयता थप ५० लाख ग्राहक जोडिएका छन्। सन् २०२२ मा सुरु भएको स्न्यापच्याट प्लस सेवामार्फत ग्राहकले विशेष तथा सार्वजनिक ...

टेक्नोलोजी खबर
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
TechnologyJust now

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिरहेको छ। यस योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्म विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेताहरू पनि सार्वजनिक गरिएको छ। योजनाअनुसार दैनिक रूपमा आठ जना ...

टेक्नोलोजी खबर
नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत
TechnologyJust now

नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

१९ कात्तिक, काठमाडौं। नागढुंगा सुरुङमार्ग सञ्चालमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । सुरुङमार्ग कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा आएयता दैनिक ८ हजारको हाराहारीमा सवारी साधन यो सुरुङमार्गबाट आवजावत गरेका छन् । आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार […] The post नागढुंगा सुरुङमार्ग प्रयोगवापत ...

आइसिटी फ्रेम
उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
TechnologyJust now

उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

१९ कात्तिक, काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटका क्रममा शुभकामना आदानप्रदान पश्चात दुई देशबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरको सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा सकारात्मक तथा सौहार्दपूर्ण संवाद […] The post उपराष्ट्रपति यादव र ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play