शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिरहेको छ। यस योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्म विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेताहरू पनि सार्वजनिक गरिएको छ। योजनाअनुसार दैनिक रूपमा आठ जना भाग्यशाली विजेताले रेडमी बड्स ६ प्ले र साप्ताहिक रूपमा १० जना विजेताले रेडमी वाच ६ एक्टिभ प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै, योजनाको बम्पर उपहारअन्तर्गत चार जना भाग्यशाली विजेताले चार रात पाँच दिनको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार, विशेषगरी रेडमी नोट १५ सिरिजलाई प्रवद्र्धन गर्दै सञ्चालन गरिएको यस योजनाले ग्राहकलाई टाइटन टफ प्रविधिसहितको स्मार्टफोन खरिद गर्दा आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको छ। यसका साथै, ग्राहकले शून्य प्रतिशत ईएमआई सुविधामा समेत शाओमीका स्मार्टफोन खरिद गर्न सक्नेछन्। यो योजना आगामी २५ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। The post शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा appeared first on Technology Khabar.
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






