Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Business/नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन पाइने, पुरानै जिल्ला पुग्नुपर्ने बाध्यता हट्यो

नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन पाइने, पुरानै जिल्ला पुग्नुपर्ने बाध्यता हट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन पाइने, पुरानै जिल्ला पुग्नुपर्ने बाध्यता हट्यो

काठमाडौं । नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन अब आफूले नागरिकता लिएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ । सरकारले जारी गरेको नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले अन्य जिल्लाबाट समेत नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरेको छ ।

गृह मन्त्रालयले बिहीबार जारी गरेको संशोधित नियमावलीअनुसार नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेस गरेर अर्को जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सक्नेछन् । त्यसका लागि सम्बन्धित व्यक्तिको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणाली र जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग रुजु गरिनेछ । विवरण मिलेमा प्रमुख जिल्ला अधिकारीले प्रतिलिपि जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

नागरिकता प्रमाणपत्र हराएमा, च्यातिएर प्रयोग गर्न नमिल्ने भएमा, आगलागी वा पानीका कारण नष्ट भएमा, बसाइँसराइ गरेमा वा नयाँ ढाँचामा आवश्यक परेमा प्रतिलिपि लिन सकिनेछ । यसअघि प्रतिलिपिका लागि नागरिकता जारी भएको जिल्लाको जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने अवस्था थियो ।

संशोधित नियमावलीले विवाह हुनुअघि नागरिकता नलिएकी नेपाली महिलाले नेपाली नागरिक पतिका ठेगानाबाट नागरिकता लिन चाहेमा आवश्यक कागजात र सनाखतसम्बन्धी व्यवस्था पनि गरेको छ । यस्तो अवस्थामा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता पेस गर्नुपर्नेछ । पतिको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

त्यसरी नागरिकता लिन पति वा सासू, ससुरा, जेठाजु, देवर, छोरा वा छोरीमध्ये कम्तीमा एक जना उपस्थित भई सनाखत गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

नागरिकता जारी गर्ने कार्यालयले प्रमाणपत्रको अभिलेख सुरक्षित राख्नुपर्ने र निवेदकले पेस गरेका विवरण तथा कागजात नागरिकता सूचना व्यवस्थापन प्रणालीमा राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणको मासिक विवरण गृह मन्त्रालयमा पठाउनुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार नागरिकता नम्बरलाई व्यवस्थित गर्न जिल्लागत तथा कार्यालयगत कोड, जारी भएको वर्ष र क्रमसङ्ख्याका आधारमा नम्बर कायम गरिनेछ । नाबालक परिचयपत्र हराएमा, च्यातिएमा वा आगलागी तथा पानीका कारण नष्ट भएमा पनि प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको छ । यसका लागि नाबालक वा उनका बाबु वा आमाले प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्नेछन् ।

नियमावलीले नागरिकतासम्बन्धी कामका लागि स्थानीय तहले दिएको सिफारिस ३५ दिनसम्म मान्य हुने व्यवस्था गरेको छ । नेपाल नागरिकता ऐन, २०६३ को अधिकार प्रयोग गरी जारी गरिएको संशोधित नियमावली तुरुन्त लागू हुने सूचनामा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

सामान्य घट्याे नेप्से, ७ महिनायताकै उच्च काराेबार
अर्थतन्त्रJust now

सामान्य घट्याे नेप्से, ७ महिनायताकै उच्च काराेबार

काठमाण्डु– शुक्रबार सेयर बजार सामान्य घटेको छ । यसदिन नेप्से ५ अंकले घटेर परिसुचक २६९०मा पुगेको छ । आज कारोबार भने ७ महिनायताकै उच्च भएको छ । गत वैशाख ३ गते ९ अर्ब ३१ करोडको कारोबार भएकामा आज ८ अर्ब ८९ करोडको कारोबार भयो । यसदिन १०२ कम्पनीको मूल्य बढ्यो भने १६९ को घट्यो । […] ...

काठमाण्डुपाटी
कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने
अर्थतन्त्रJust now

कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकको विभिन्न क्षेत्रिय कार्यालय तथा शाखा कार्यालयहरुमा उक्त रक्तदान कार्यक्रम हुने बैंकले जनाएको छ । ...

आजको अर्थ
६ महिनायताकै उच्च कारोबार हुँदा पनि घट्यो नेप्से सूचक, लगानीकर्ता नाफा बुक गर्न सक्रिय
अर्थतन्त्रJust now

६ महिनायताकै उच्च कारोबार हुँदा पनि घट्यो नेप्से सूचक, लगानीकर्ता नाफा बुक गर्न सक्रिय

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से सूचक घटेको छ । कारोबार रकम बढेर ८ अर्ब ८९ करोड रुपैयाँ पुगे पनि सूचक भने ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ । शुक्रबारको कारोबार रकम वैशाख ३ गतेयताकै उच्च हो । त्यसदिन सेयर बजारमा ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस हिसाबले शुक्रबारको कारोबार ...

आर्थिक न्यूज
सप्तकोशीमा ३ किलोमीटर लामो नयाँ पुल बन्ने, ४३ अर्ब खर्च लाग्ने
अर्थतन्त्रJust now

सप्तकोशीमा ३ किलोमीटर लामो नयाँ पुल बन्ने, ४३ अर्ब खर्च लाग्ने

काठमाण्डु– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए । एसियाली विकास बैंक […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play