नागढुङ्गा सुरुङ मार्गमा यात्रा गर्दा कति तिर्नु पर्छ कर ?

काठमाडौं । नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन सुरु गर्ने भएको छ । सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०७२ चैत २६ गते प्रकाशित सूचना बमोजिम यो शुल्क उठाउन लागिएको हो । यस व्यवस्थाअनुसार सवारीसाधनका विभिन्न वर्ग छुट्याइएको छ । कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी, मिनी बस र मिनी ट्रिपस वा ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा १ सय १५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ निर्धारण गरिएको छ । सिङ्गल रियर एक्ससल भएका बस तथा ट्रकहरूले काठमाडौँ प्रवेश गर्न २ सय ६० रुपैयाँ र प्रस्थान गर्न २ सय रुपैयाँ बुझाउनुपर्नेछ भने मल्टि एक्ससल ट्रक, अन्य भारी सवारी साधन र भारी उपकरणहरूका लागि काठमाडौं प्रवेश गर्दा ६ सय रुपैयाँ र प्रस्थान गर्दा २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कोप–३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्छ : गणेश पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने... ...

धान पाकेपछि पहेँलपुर कुँडुले, वर्षाको चर्चाले बढाउँदै छ चिन्ता (तस्बिरहरू)
बागलुङ । बागलुङ नगरपालिका–५ कुँडुले फेदी यतिबेला पहेँलपुर धानले निकै आकर्षक देखिएको छ । फाँटभर पहेँलै झुलेको धानले गाउँको सुन्दरतालाई थप बढाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको... ...

लागूऔषध बरामदको भिडियो तोडमोड गरी भ्रम फैलाइएको सशस्त्र प्रहरीको दाबी
काठमाडौँ, कात्तिक १२ गते । सुनसरीमा मोटरसाइकलबाट लागूऔषध बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार गरिएको सशस्त्र प्रहरी बल नेपालले... ...

चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँको आकाश धुम्म (तस्बिरहरू)
काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’को प्रभावका कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ । चक्रवातको प्रभावसँगै आज बिहानैदेखि काठमाडौँ उपत्यकाको आकाश धुम्मिएको छ... ...


