Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने

10/29/2026, 10:06:22 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने

नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख छ । सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम उक्त शुल्क सङ्कलन सुरु गर्न लागिएको आयोजनाले जनाएको छ । सूचना अनुसार सवारीसाधनलाई चार वर्गमा वर्गीकरण गरी काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट प्रस्थान गर्ने सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । (कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी) काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ लिने निर्णय गरेको छ । (मिनी बस, मिनी टिपररट्रक) काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ८० रुपैयाँ लिने छ । (बस तथा सिङ्गल रियर एक्सेल भएका ट्रक) काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २०० लिने भएको छ । मल्टी एक्सेल ट्रकरसवारी साधन र भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २५० लिने भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play