नवलपुरमा अटो दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौं । नवलपुरको देवचुली नगरपालिका: ६ मा भएको अटो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुनेमा ८ जना बालबालिका, ५ महिला र एक पुरुष रहेका छन् । नवलपुर प्रहरीका अनुसार देवचुलीको कीर्तिपुरबाट दलदलेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ००४००१ स ००५१ नम्बरको सामान बोक्ने अटो ओरालो बाटोमा ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिएको थियो । घाइतेमध्ये ८ वर्षीया नम्रता लम्सालको टाउकोमा गम्भीर चोट लागेको छ । दुर्घटनामा घाइते हुने अन्यमा विष्णु पराजुली, देवी पराजुली लम्साल, छविलाल पराजुली, अनुस्का पराजुली, सुबिक्षा श्रेष्ठ, राहुल पराजुली, सुमित्रा पराजुली, झरना पराजुली, राजेश पराजुली, हरिकला पराजुली, अनुप पराजुली, पुनम श्रेष्ठ र सुवर्ण कुमार श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेहरूको देवचुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ । प्रहरीले अटो र चालक कावासोती-२ का ४५ वर्षीय नन्द किशोर लम्साललाई नियन्त्रणमा लिएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

१२ बजे १२ समाचार : पीएचपीमा फेरि देखियो सुरक्षा कमजोरी, नेपालको मौसम प्रभावित हुने
काठमाडौँ। आज मिति २०८३ साल कात्तिक महिनाको ६ गते शुक्रबार। आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ- १ पीएचपी ह्याकिङ... ...
![[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/mahesh-acharya-23102026072444-watermarked.jpg)
[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व
२०५७ जेठ १७ मा अर्थमन्त्री महेश आचार्यले आर्थिक वर्ष २०५७/५८ का लागि ९१ अर्ब ६२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यतिबेला राजस्व संकलनको लक्ष्य ५२ अर्ब ९८ करोड रुपैयाँ राखिएको थियो भने मुख्य सचिवको मासिक तलब १५ हजार रुपैयाँ पुगेको थियो । ...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते
उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ । ...

बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन
मनाङ। अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो। बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन ...


