नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्याउनुपर्ने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए। कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोर्याउनुपर्ने पनि उनले बताए। आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ । हनुमानढोकामा कालरात्रि पूजा सोमबार रातिराज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार यही कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिए । हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको जानकारी पनि उनले दिए । हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ । मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

शरद ऋतुमा बगैँचाको हेरचाह: कुन बिरुवा राख्ने, कुन हटाउने ?
कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको स्वास्थ्य र अर्को वर्षको फूल फुल्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्छ। ...

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
काठमाडौं । अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन् । भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । यसअघि उनलाई अक्टोबर २८ अघि ...

बारामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन्। आइतबार राति करिब ११:५५ बजे सुतिरहेको अवस्थामा उनलाई अज्ञात विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि अस्वस्थ भएकी बालिकालाई तत्काल उपचारका ...

घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन... ...


