नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमीकै कर्म दोहोर्याउनुपर्ने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहो¥याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए । कात्तिक २ गते नवरात्रको नवौ दिन भएपनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोे¥याउनुपर्ने पनि उनले बताए । आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ । हनुमानढोकामा कालरात्रि पूजा सोमबार रातिराज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार यही कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले राससलाई जानकारी दिनुभयो । हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको जानकारी दिए । हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ । मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

बाढीले खोस्यो घर, पीडितको दसैं कष्टकर
बागलुङको निसीखोलाको बाढीले २६ घर नामेट भएका छन् । पहिरोले घर बगाएपछि एकै घरका चार जनासहित पाँच जनाको मृत्यु पनि भएको थियो । पीडितहरू अहिले अरूकै आश्रयमा छन् । ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग
काठमाडाैं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाउनुभएको छ । उहाँले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । खानले लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताउनु भयो । लुम्बिनीको ...

युक्रेन युद्ध अन्त्य गर्न पुटिनको प्रस्ताव : ट्रम्प र सीसँग त्रिपक्षीय शिखर वार्ता गर्ने तयारी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन्। प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सारेका थिए। ...

दशैंको लागि बजार झारेका च्याङ्ग्राको बथान (फोटो फिचर)
• मुस्ताङबाट १३ हजार २७९ वडा भेडा च्याङ्ग्रा बिक्रीको लागि बजार झारिएको छ। • यस वर्ष मुस्ताङबाट करिब ३५ करोड बराबरको भेडारच्याङ्ग्रा निकासी भएको छ। • च्याङ्ग्राहरु तिब्बत र डोल्पा हुँदै मुस्ताङ भित्र्याइएका हुन्। ...


