नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं । उपभोग्य वस्तुहरू उत्पादन गर्ने अग्रणी कम्पनी मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक पहल एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ। यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहका लागि सहयोग पुर्याइने छ। पछिल्लो सहकार्यअन्तर्गत प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका सरकारी तथा निजी अस्पतालहरूमा १५ हजार थान बेबी केयर उत्पादनहरू वितरण गरेको छ। वितरण गरिएका उत्पादनमा प्यारासुट एडभान्स्ड बेबी रिफ्रेशिंग पाउडर, नरिशिंग क्रिम र नरिशिंग सोप प्रत्येकका ५ हजार थान रहेका छन्। शिशु जन्मिएपछिका सुरुवाती दिनमा परिवारलाई शिशु हेरचाहका सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको त्वचाको उचित हेरचाहबारे जनचेतना अभिवृद्धि गर्नु यस पहलको उद्देश्य रहेको छ। एक एक पाइलाका व्यवस्थापक, अशोक पाण्डेले भने, “प्यारासुट एडभान्स्ड बेबीसँगको निरन्तर सहकार्यका कारण हामीले उपत्यकाका विभिन्न अस्पतालमा पुगेर बेबी केयर उत्पादनहरू परिवारसम्मै पुर्याउन सकेका छौं। यो पहलको निरन्तरताले गर्दा परिवारहरूमा नवजात शिशुको उचित हेरचाहको महत्त्वबारे सचेतना बढ्दै गएको पाउँदा खुसी लागेको छ।” यस पहलको उद्देश्यबारे मारिकोले भन्यो, “प्यारासुट एडभान्स्ड बेबीमार्फत हामी हरेक अभिभावकको यात्रामा पहिलो दिनदेखि नै विश्वासिलो साथी बन्न चाहन्छौं। हामी एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिँदै परिवारहरूलाई नवजात शिशुको स्वास्थ्य र स्याहारमा सहयोग गर्ने सुरक्षित र कोमल उत्पादनहरू सहजै उपलब्ध गराउन चाहन्छौँ।” नवजात शिशुको संवेदनशील छालाका लागि सुरक्षित र कोमल रहेको भनी क्लिनिकल परीक्षणबाट प्रमाणित प्यारासुट एडभान्स्ड बेबी उत्पादन श्रृंखलामा छालालाई नरम र ओसिलो राख्न नरिशिंग क्रिम र लोशन, मुलायम ढंगले सफा गर्न टियर–फ्री श्याम्पू, भिटामिन ई र एफ युक्त मसाज तेल, रिफ्रेशिंग पाउडर, नरिशिंग सोप तथा हालै बजारमा उपलब्ध गरिएको आल्मोन्ड मिल्क र ओलिभ ओइलयुक्त जेन्टल वाइप्स समावेश छन्। यो सहकार्य आगामी दिनमा पनि काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालमा नवजात शिशु र साना बालबालिकासम्म पुग्नेछ। यसमार्फत शिशुको जीवनका सुरुवाती चरणमा परिवारलाई बेबी केयर उत्पाधन उपलब्ध गराउन सहयोग गरिनेछ। The post नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा
• नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले दोस्रो अर्धशतक बनाएका छन्। • ऐरीले पोखरा एभेन्जर्सको विरुद्ध ३६ बलमा ४ चाैका र २ छ्क्का सहित अर्धशतक पूरा गरे। • एनपीएलको पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा छ, जसले विराटनगर किङ्ग्सको विरुद्ध ४१ बलमा अर्धशतक हिर्काएका थिए। ...

क्यामरुनमा झडप हुँदा ४ सर्वसाधारणसहित ८ जनाको मृत्यु
क्यामरुनको द्वन्द्वग्रस्त उत्तरपश्चिमी क्षेत्रमा सरकारी सेना र शङ्कास्पद पृथकतावादी लडाकुबिच भएको झडपमा चार सर्वसाधारण र चार लडाकुको मृत्यु भएको छ । सुरक्षा स्रोतका अनुसार, मङ्गलबार मेन्चुम डिभिजनअन्तर्गतको कोशिन गाउँमा उक्त... ...

भौतिक पूर्वाधार निर्माणका लागि चीनले दियो स्काभेटर
काठमाण्डु– चीन सरकारले अनुदानस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन दिएकाे छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माणकार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले बुझेको हाे । तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर […] ...

खेलमा उतारचढाव आउँछ, पहिलो हार दशा कटे जस्ते भयो : ईशान पाण्डे
काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर इसान पाण्डेले क्रिकेटमा हारजित र खेलको नतिजामा उतारचढाव आउनु सामान्य भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला दुई सिजनदेखि खेलको अन्तिम समयमा नतिजा उल्टिने गरेको... ...


