काठमाडौं । गृह मन्त्रालयले साँझ ५ः४५ को समयमा नवनियुक्त आईजीपी डा.मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न (फुली) लगाउने कार्यक्रम तय गरेको छ । मन्त्रालयस्रोतका अनुसार बिहीबार विहान फुली लगाइदिन डा.केसीले माग गरेका थिए । तर, गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उनी आजै फुली लगाएर पदबहाली गर्न तयार भएका हुन् । प्रहरी प्रधान कार्यालयस्रोतका अनुसार नवनियुक्त आईजीपी डा.केसीलाई फुली लगाएपछि हेडक्वार्टर लैजानका लागि औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पठाइएको छ । उनको स्वागतका लागि प्रहरी हेडक्वार्टरमा आवश्यक तयारी शुरु भएको स्रोतले जनाएको छ । The post नयाँ आईजीपीको हेडक्वार्टरमा बहाली आजै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
नयाँ आईजीपीको हेडक्वार्टरमा बहाली आजै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






