Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

Share:WhatsAppFacebookX (Twitter)Telegram
नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति
Photo / Coverage: टक्सार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको छ । पहिलो त्रैमासिक अवधिमा रु. ६२ करोड ७४ लाख बजेटमध्ये रु. १४ करोड ७० लाख खर्च भएको छ, जुन त्रैमासिक बजेटको २३.४ प्रतिशत हो । सोही अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति भएको छ । पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण र १ हेक्टर जग्गा उकास भएको महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाले बताए। उनकाअनुसार केही आयोजनाले भने त्रैमासिक लक्ष्यभन्दा उल्लेखनीय राम्रो काम गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति हासिल गरेको छ । टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति गरेको छ । लमही (दाङ) ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध
Latest NewsJust now

रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध

गुल्मी। पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ। गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ। जिल्लाको सत्यवती गाउँपालिका‐४, खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। सडकमा ठूलो ढुङ्गा खसेका कारण स्काभेटर र ब्रेकरको सहायताले मात्र चट्टान फुटाउनुपर्ने अवस्था रहेकाले तत्काल सडक सुचारु गर्न समस्या भएको जिल्ला ...

नेपालन्युज
प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थको प्रयोगशाला बन्न नदिऊँ
Latest NewsJust now

प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थको प्रयोगशाला बन्न नदिऊँ

प्रहरी संगठन कुनै सामान्य सरकारी निकाय होइन । यो राज्यको शान्ति सुरक्षा, कानुनी शासन, नागरिकको जीवन रक्षादेखि राष्ट्रिय स्थायित्वसम्म प्रत्यक्ष सरोकार राख्ने अत्यन्त संवेदनशील र महत्त्वपूर्ण सुरक्षा निकाय हो ।... ...

रातोपाटी
अन्यायको दुश्चक्र : भाग-
Latest NewsJust now

अन्यायको दुश्चक्र : भाग-

• लोकतन्त्रको आडमा हुर्किएका तानाशाह र नव राक्षसहरुले नागरिकमाथि अन्याय र भ्रष्टाचारको दुश्चक्र सिर्जना गरेका छन्। • न्यायालय, स्वतन्त्र प्रेस र नागरिक समाज जस्ता लोकतन्त्रका खम्बा संक्रमित भई नागरिकको आवाज दबाइन्छ। • आम नागरिक अन्यायको विरुद्धमा आवाज उठाउन नसक्ने अवस्थामा पुगेका छन्, जसले निराशा र अन्यायको स्थिति सिर्जना गरेको छ। ...

नेपालबहस
मन्त्रिपरिषद्‌ बैठक आज बस्दै
Latest NewsJust now

मन्त्रिपरिषद्‌ बैठक आज बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ३:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्‌को बैठक बोलाइएको हो । यसअघि असोज ३० गते बैठक बसेको थियो ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play