Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नगरकोटमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय

Share:WhatsAppFacebookX (Twitter)Telegram
नगरकोटमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय
Photo / Coverage: हिमालय टाइम्स

भक्तपुर । काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटी थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी नगरकोटका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटन सम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ । प्राकृतिक सौन्दर्य, हिमशृंखलाको दृश्यावलोकन तथा शान्त वातावरणका कारण आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रिय नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ । पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न भरपर्दो इन्टरनेट तथा डिजिटल कनेक्टिभिटी पनि आतिथ्य क्षेत्रको महत्त्वपूर्ण आवश्यकता बन्दै गएको छ । पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार, ग्राहक सेवा तथा होटलको दैनिक व्यवस्थापनजस्ता गतिविधिमा इन्टरनेटको भूमिका बढ्दै गएको सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन व्यवसायीलाई आवश्यक डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वयमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । नगरकोटमा सञ्चालनमा आएको सम्पर्क कार्यालयले मुख्यरूपमा इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भई होटल, रिसोर्ट, रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठान तथा अन्य संस्थालाई लक्षित गर्ने बताइएको छ । जसमार्फत् स्थानीय व्यवसायको इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यकता बुझ्ने, उपयुक्त समाधानबारे जानकारी उपलब्ध गराउने र ग्राहकसँग प्रत्यक्ष समन्वय गर्ने कम्पनीको लक्ष्य रहेको छ । नगरकोटमा सम्पर्क कार्यालय सञ्चालनसँगै वर्ल्डलिंकले नेपालभरका व्यवसायसँग आफ्नो सम्बन्ध विस्तार गर्दै उनीहरूको डिजिटल कनेक्टिभिटी आवश्यकतालाई सहयोग गर्ने प्रयासलाई निरन्तरता दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
Latest NewsJust now

कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबिच करिब एक घण्टा छलफल भएको हो। कांग्रेस सभापति थापा निकट एक नेताका अनुसार उनीहरूबिच मधेस प्रदेश को सरकारका विषयमम कुराकानी भएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा ...

केन्द्रबिन्दु
आधुनिक सैलुनको चकाचकबिच खुला आकाशमुनि ग्राहकलाई पिर्कामा राखेर कपाल काट्दै रामनारायण
Latest NewsJust now

आधुनिक सैलुनको चकाचकबिच खुला आकाशमुनि ग्राहकलाई पिर्कामा राखेर कपाल काट्दै रामनारायण

जनकपुरधाम । जनकपुरधामको जनकचोकमा बिहानको चहलपहल सुरु नहुँदै ६६ वर्षीय रामनारायण ठाकुर आफ्नो काममा जुटिसकेका हुन्छन् । एउटा सानो काठको बाकस, दुई वटा कैंची, तीन–चार वटा काइँयो, ब्लेड, फिटकिरी, दाह्री... ...

रातोपाटी
गुण्डुमा ओली र गगनबिच भेटवार्ता
Latest NewsJust now

गुण्डुमा ओली र गगनबिच भेटवार्ता

काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएकाे छ। मंगलबार साँझ दुई नेताबिच ओली निवास गुण्डुमा भेटवार्ता भएकाे हाे । स्राेतका अनुसार उनीहरूबिच करिब ६ बजेदेखि ७ बजेसम्म संवाद भएकाे थियाे। भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कुराकानी भएकाे स्राेतले बतायाे। ...

नेपालन्युज
संकटमा विश्व ऊर्जा सुरक्षा
Latest NewsJust now

संकटमा विश्व ऊर्जा सुरक्षा

विश्व अर्थतन्त्रको गति अहिले कुनै एउटा देश, केन्द्रीय बैंक वा स्टक एक्सचेन्जले मात्र निर्धारण गरिरहेको छैन। त्यसको एउटा महत्त्वपूर्ण हिस्सा पश्चिम एसियामा रहेको विश्वकै सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील तेल तथा ऊर्जा ढुवानी मार्ग स्ट्रेट अफ हर्मुज (जस्ले विश्वको समुद्री कच्चा तेलको करिब २० प्रतिशत जलमार्गबाट पार हुने भएकाले स्ट्रेट अफ स्ट्रेट अफ हर्मुज समुद्री मार्गमा अड्किएको छ। त्यो हो, स्ट्रेट ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play