काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार चौधरीले सेवामा रहँदा बढुवा तथा पदस्थापनका लागि भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने प्रवीणता प्रमाणपत्र तह (आईए) को लब्धाङ्कपत्र, अस्थायी प्रमाणपत्र, कलेज छोडेको पत्र, चारित्रिक प्रमाणपत्र र स्थानान्तरण प्रमाणपत्रलगायत नक्कली शैक्षिक कागजात पेस गरेका थिए। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ती प्रमाणपत्रका आधारमा चौधरी राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख अनुसन्धान अधिकृत पदसम्म बढुवा भएका थिए। उनले राष्ट्रसेवकको हैसियतमा पद, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो। चौधरीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको आयोगले जनाएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा

Read Complete Original Article
Published originally on नेपालन्युज






