Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सव- इन्जिनियरविरुद्ध मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सव- इन्जिनियरविरुद्ध मुद्दा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी तथा सार्वजनिक संस्थामा जागिर खाएको आरोपमा सव –इन्जिनियर भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ निवासी सोमैविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार सोमैले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओखलढुङ्गास्थित रूम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष प्राविधिक शिक्षकका रूपमा करार सेवामा काम गरेका थिए। त्यसपछि उनले नेपाल सरकारको खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना,बुटवलमा समेत करारमा सव–इन्जिनियर पदमा जागिर खाएका थिए। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी करिब २ वर्ष प्राविधिक शिक्षकको रुपमा करार सेवामा रहेको,सव–इन्जिनियर पद करार खाएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा बुटवलमा सव इन्जिनियर पदमा नियुक्तिका लागि डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमीबाट जारी भएको देखिने नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको खुल्न आएको आयोगको दावी छ। अनुसन्धानका क्रममा उनले दुवै निकायमा नियुक्ति लिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ। नक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएकाले सोमैमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। The post नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सव- इन्जिनियरविरुद्ध मुद्दा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास चल्दैन: प्रचण्ड
Latest NewsJust now

स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास चल्दैन: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन्। मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरी बतास आउन सम्भव नरहेको जिकिर गरे।  संयोजक प्... ...

नेपालखबर
सरकारलाई गगनको चेतावनी, ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’
Latest NewsJust now

सरकारलाई गगनको चेतावनी, ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथी प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाएका हुन्। सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाए त्यसबाट आफू नडराउने उनले बताए । उनले आफूलाई पक्राउ गर्ने भए हत्कडी ...

टक्सार
नेप्से परिसूचक १५ अङ्कले बढ्यो, पाँच अर्ब ५५ करोडको कारोबार
Latest NewsJust now

नेप्से परिसूचक १५ अङ्कले बढ्यो, पाँच अर्ब ५५ करोडको कारोबार

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १५ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ९५ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८६ अङ्कले बढेर ४८२ दशमलव ३९ बिन्दुमा पुगेको छ। फ्लोट सूचक एक दशमलव २५ अङ्कले बढेर १८३ दशमलव ८९ र सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५३ ...

नेपालन्युज
स्थानीय तहमा संघीय निर्वाचनको जस्तो हुरीबतास सम्भव छैन : प्रचण्ड
Latest NewsJust now

स्थानीय तहमा संघीय निर्वाचनको जस्तो हुरीबतास सम्भव छैन : प्रचण्ड

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरीबतास सम्भव नरहेको बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement