नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा बालविकास सहयोगीविरुद्ध मुद्दा

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पद, लाभ र सुविधा लिएको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डंगौराविरुद्ध भ्रष्टाचारको आरोपमा आइतबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुले श्री मालिका माध्यमिक विद्यालय, चौमाला, कैलालीबाट एसएलसी उत्तीर्ण गरेको भन्दै नक्कली मार्कसिट र चारित्रिक प्रमाणपत्र पेस गरेका थिए। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको पद बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) मा कार्यरत रही ओहदा, लाभ र सुविधा प्राप्त गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। आयोगले डंगौराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही कानुनी व्यवस्थाअनुसार कैद र जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सुदूरपश्चिमको कमजोर शुरूआतबारे यसो भन्छन् प्रशिक्षक उल हक
सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा हारपछि आफ्ना ब्याटरले सहजै विकेट गुमाएको बताएका छन् । ...

रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने
काठमाडाैँ। रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू तयार रहेको मस्कोले जनाएको छ। क्रेमलिनका अनुसार... ...

मेटाले आफ्नो एआई महत्वाकाङ्क्षा पूरा गर्न ३५ अर्ब डलर उठाउने
काठमाडाैँ। मेटाले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा लगानी गर्न सेयर निष्कासनमार्फत ३५ अर्ब डलर उठाउने योजना बनाएको छ। अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले सोमबार सार्वजनिक रिपोर्टमा सेयर निष्कासनमार्फत मेटाले... ...

मलेसियासँग श्रमिक भर्नाबारे बैठक गर्न नेपालको प्रस्ताव
प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ । ...


