नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी दुई सरकारी निकायमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका-४ का मगरले ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालय र बुटवलस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा नियुक्ति लिन झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगको दाबी छ । मगरले रुम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष प्राविधिक शिक्षकका रूपमा करार सेवामा काम गरेको र त्यसपछि उक्त विद्यालय छाडेर खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा करारमा सब-इन्जिनियर पदमा जागिर खाएको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा मगरले दुवै निकायमा नियुक्तिका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरसमेतबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहका नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको आयोगले जनाएको छ ।
नक्कली प्रमाणपत्र देखाएर दुई सरकारी निकायमा जागिर, भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on पर्दाफास






