Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

धार्मिक आस्था, पारिवारिक सुख–समृद्धि र सामाजिक सद्भावको सन्देश दिँदै छठ पर्व सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
धार्मिक आस्था, पारिवारिक सुख–समृद्धि र सामाजिक सद्भावको सन्देश दिँदै छठ पर्व सम्पन्न
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक ३० । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा, पवित्रता र लोकआस्थाको महापर्व छठ आज विधिवत् रूपमा सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको पर्व समापन गरेका हुन्। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म मनाइने छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको थियो। सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा व्रतालुहरूले कठोर उपवास, संयम, शुद्धता र निष्ठाका साथ धार्मिक अनुष्ठान पूरा गरेका छन्। पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखोनितो भोजन ग्रहण गर्दै ‘नहाय–खाय’ विधि सम्पन्न गरेका थिए। दोस्रो दिन पञ्चमीमा दिनभर निराहार व्रत बसेर साँझ सख्खरमा पकाइएको खीर ग्रहण गर्दै ‘खरना’ मनाइएको थियो। त्यसपछि षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी चारदिने कठिन व्रत पूरा गरिएको हो। छठ पर्वमा धार्मिक शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइन्छ। पूजा सामग्री तथा प्रसाद तयार गर्दा सरसफाइ र चोखोपनमा विशेष ध्यान दिइन्छ। परम्परागत ढिकी तथा जाँतोमा कुटिएको गहुँ र चामलको पिठोबाट तयार पारिएका ठकुवा, भुसुवा, विभिन्न मिष्ठान्न परिकार, उखु, नरिवल, केरा, अदुवा, मौसमअनुसारका फलफूल तथा अन्य पूजासामग्री सूर्यदेवलाई अर्पण गरिन्छ। माटोका भाँडाकुँडा र बाँसका सामग्रीको प्रयोगले यस पर्वको मौलिकता र परम्परागत पहिचानलाई समेत उजागर गर्छ। धार्मिक दृष्टिले छठ पर्व सूर्यदेवप्रतिको उपासना र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा स्थापित छ। सूर्यलाई जीवन, ऊर्जा, प्रकाश र सृष्टिको आधार मान्दै आरोग्यता, दीर्घायु, सन्तान सुख, धनधान्य तथा पारिवारिक समृद्धिको कामना गरिन्छ। सूर्यको आराधना गर्दा चर्मरोग निको हुने, पारिवारिक कल्याण हुने र जीवनमा सुख–शान्ति प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ। सामाजिक दृष्टिले छठ पर्वले आपसी एकता, सहकार्य, समानता र सद्भावको सन्देश दिन्छ। जात, वर्ग, भाषा र समुदायका सीमाभन्दा माथि उठेर नदी, पोखरी तथा जलाशयका किनारमा सामूहिक रूपमा पूजा गर्ने परम्पराले सामाजिक सम्बन्धलाई थप मजबुत बनाउँछ। पूजा व्यवस्थापन, घाट सरसफाइ, सजावट र प्रसाद वितरणमा समुदायका सबैको सहभागिताले सामूहिक जिम्मेवारी र सहकार्यको भावना विकास गर्न मद्दत पुर्‍याउँछ। सांस्कृतिक रूपमा छठ पर्व तराई–मधेसको मौलिक लोकसंस्कृति, परम्परा, लोकगीत, पहिरन, खानपान र पारिवारिक संस्कारसँग गहिरो रूपमा जोडिएको छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस पर्वले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, धार्मिक आस्था र परम्परासँग जोड्ने कामसमेत गर्दै आएको छ। यस अवसरमा गाइने छठका परम्परागत गीत तथा घाटमा देखिने सांस्कृतिक रौनकले पर्वको विशिष्ट पहिचानलाई जीवन्त बनाउँछ। छठ पर्वको अर्को महत्त्वपूर्ण पक्ष प्रकृति र वातावरणप्रतिको सम्मान हो। जल, सूर्य, माटो, वनस्पति र फलफूललाई पूजामा समावेश गरिनुले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई स्मरण गराउँछ। यसले जलस्रोतको संरक्षण, सरसफाइ र वातावरणीय स्वच्छताप्रति सचेत हुनसमेत प्रेरित गर्छ। पहिले मुख्यतः तराई–मधेस क्षेत्रमा सीमित रहेको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा समेत व्यापक रूपमा मनाउन थालिएको छ। नेपालका विभिन्न समुदायका साथै विदेशमा रहेका नेपालीमाझ पनि यसको लोकप्रियता बढ्दै गएको छ। धार्मिक आस्था, सामाजिक एकता, सांस्कृतिक पहिचान र प्रकृतिप्रतिको सम्मानलाई एकै सूत्रमा बाँध्ने छठ पर्वले नेपाली समाजमा सहिष्णुता, सद्भाव र सामूहिकताको सन्देश प्रवाह गर्दै आएको छ। यही विशेषताका कारण छठ आज कुनै एक भूगोल वा समुदायको पर्वमा मात्र सीमित नरही राष्ट्रिय सांस्कृतिक पहिचानको महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते
PoliticsJust now

नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते

नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६: ४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो । दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ...

फरकधार
मधेशको आस्थाबाट विश्वभर फैलिएको छठ : सूर्य उपासनादेखि सांस्कृतिक एकतासम्म
PoliticsJust now

मधेशको आस्थाबाट विश्वभर फैलिएको छठ : सूर्य उपासनादेखि सांस्कृतिक एकतासम्म

अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठको मुख्य अनुष्ठान सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै सम्पन्न भएको छ । चार दिनसम्म कठोर व्रत, शुद्धता र धार्मिक विधिपूर्वक मनाइएको छठ पर्वको अन्तिम दिन सोमबार बिहानैदेखि नेपालका विभिन्न नदी, पोखरी तथा जलाशयमा श्रद्धालुहरूको उपस्थिति रह्यो । तराई–मधेशको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा परिचित छठ पछिल्ला वर्षहरूमा कुनै एक भूगोल वा समुदायमा ...

फरकधार
बोलेको कुरा पुरा गर्छौँ, अन्य विकास बजेट कटौती गरेरै भए पनि विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्छौँ : मुख्यमन्त्री किरण थापा
PoliticsJust now

बोलेको कुरा पुरा गर्छौँ, अन्य विकास बजेट कटौती गरेरै भए पनि विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्छौँ : मुख्यमन्त्री किरण थापा

काठमाडौं, कात्तिक ३० । अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरेर भए पनि बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण अघि बढाउने गरी बागमती प्रदेश सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले बजेटको स्रोत व्यवस्थापन गरेको हो । विपद्बाट प्रभावित नागरिकको ...

जनताटाइम्स
अमेरिकाको हवाई सेवा तेस्रो दिन पनि अस्तव्यस्त, १० हजारभन्दा बढी उडान प्रभावित
PoliticsJust now

अमेरिकाको हवाई सेवा तेस्रो दिन पनि अस्तव्यस्त, १० हजारभन्दा बढी उडान प्रभावित

अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् । उड्डयनसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन् । शनिबार ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play