Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बोलेको कुरा पुरा गर्छौँ, अन्य विकास बजेट कटौती गरेरै भए पनि विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्छौँ : मुख्यमन्त्री किरण थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बोलेको कुरा पुरा गर्छौँ, अन्य विकास बजेट कटौती गरेरै भए पनि विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्छौँ : मुख्यमन्त्री किरण थापा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक ३० । अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरेर भए पनि बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण अघि बढाउने गरी बागमती प्रदेश सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले बजेटको स्रोत व्यवस्थापन गरेको हो । विपद्बाट प्रभावित नागरिकको आवास, क्षतिग्रस्त भौतिक संरचना र आधारभूत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिँदै प्रदेश सरकारले विभिन्न मन्त्रालयका प्रस्तावित विकास बजेटमा कटौती गरेको छ । विपद्का कारण भएको क्षतिको व्यवस्थापन, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि थप आर्थिक स्रोत आवश्यक भएपछि सरकारले अन्य विकास योजनाको बजेटसमेत पुनःव्यवस्थापन गर्ने निर्णय गरेको हो । बजेट विनियोजनसँगै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले पुनर्निर्माण र पुनःस्थापनाको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले विपद्का कारण घरबारविहीन भएका, आफन्त गुमाएका र भौतिक तथा मानसिक पीडा भोगिरहेका नागरिकको अवस्थाप्रति सरकार जानकार रहेको बताउनुभएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री थापाले भन्नुभएको छ, “हामी बोलेको कुरा व्यवहारमा लागू गर्न प्रतिबद्ध छौँ, रसुवा बाढीको कारण घरबारविहीन हुनुभएका, आफन्तजन गुमाइरहनुभएका, त्यहाँको कोलाहल, चिच्याहट र अभाव अनि प्राकृतिक विपत्तिले त्यहाँ ल्याएको विकराल रूपका कारण परेको भौतिक तथा मानसिक प्रभाव र भोलिका दिनमा पीडितहरूलाई पर्न सक्ने मनोवैज्ञानिक प्रभाव, राज्यसँग भौतिक संरचनाले टुटेका सम्बन्ध सबैकुराहरू, हामी हाम्रो नीतिगत क्षमता, हाम्रो अधिकार र बहन गर्नुपर्ने उत्तरदायित्व लगायतको सबै विषयमा जानकार छौँ ।” मुख्यमन्त्री थापाले विपद्ले भौतिक संरचनामा मात्रै क्षति नगरेर नागरिकको जीवन, सामाजिक सम्बन्ध र राज्यसँगको सम्बन्धमा समेत असर पारेको उल्लेख गर्नुभएको छ । सरकार आफ्नो नीतिगत क्षमता, अधिकार र उत्तरदायित्वप्रति सचेत रहेको उहाँको भनाइ छ ।उहाँले थप भन्नुभएको छ, “हामी हाम्रो कर्तव्यपथबाट एक इन्च पनि पछि हटेका छैनौँ, अब उहाँहरूको पुन निर्माण पुन स्थापना स्थान्तरण तथा आवश्यक जरुरीका भौतिक संरचनाको निर्माण तुरुन्त अगाडि बढ्नेछ।” प्रदेश सरकारले पुनर्निर्माणका लागि ६ अर्ब रुपैयाँ विनियोजन गर्नु र अन्य विकास योजनाको बजेटसमेत कटौती गरेर स्रोत व्यवस्थापन गर्नुले विपद् प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेको देखाएको छ । तर विनियोजित बजेटको प्रभावकारी परिचालन, क्षतिको यथार्थ मूल्याङ्कन, सुरक्षित स्थानमा बस्ती स्थानान्तरण र आवश्यक पूर्वाधार निर्माणको काम निर्धारित समयमै अघि बढाउनु सरकारका लागि निक्कै चुनौतीपूर्ण छ । विपद् प्रभावित नागरिकले तत्काल सुरक्षित आवास र सामान्य जीवनमा फर्कने आधार खोजिरहेका बेला प्रदेश सरकारले गरेको बजेट व्यवस्थापन र मुख्यमन्त्रीको प्रतिबद्धता अब व्यवहारमा छिटो कार्यान्वयन हुन जरुरी छ । जाडोले कठाङ्ग्रिन लागेका स्थानीयले यति बेला लोककल्याणकारी राज्य खोजी रहेका छन् । त्यसका लागि बागमती प्रदेश सरकारले आफ्नो उत्तरदायित्व देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते
PoliticsJust now

नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते

नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६: ४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो । दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ...

फरकधार
मधेशको आस्थाबाट विश्वभर फैलिएको छठ : सूर्य उपासनादेखि सांस्कृतिक एकतासम्म
PoliticsJust now

मधेशको आस्थाबाट विश्वभर फैलिएको छठ : सूर्य उपासनादेखि सांस्कृतिक एकतासम्म

अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठको मुख्य अनुष्ठान सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै सम्पन्न भएको छ । चार दिनसम्म कठोर व्रत, शुद्धता र धार्मिक विधिपूर्वक मनाइएको छठ पर्वको अन्तिम दिन सोमबार बिहानैदेखि नेपालका विभिन्न नदी, पोखरी तथा जलाशयमा श्रद्धालुहरूको उपस्थिति रह्यो । तराई–मधेशको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा परिचित छठ पछिल्ला वर्षहरूमा कुनै एक भूगोल वा समुदायमा ...

फरकधार
अमेरिकाको हवाई सेवा तेस्रो दिन पनि अस्तव्यस्त, १० हजारभन्दा बढी उडान प्रभावित
PoliticsJust now

अमेरिकाको हवाई सेवा तेस्रो दिन पनि अस्तव्यस्त, १० हजारभन्दा बढी उडान प्रभावित

अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् । उड्डयनसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन् । शनिबार ...

फरकधार
धार्मिक आस्था, पारिवारिक सुख–समृद्धि र सामाजिक सद्भावको सन्देश दिँदै छठ पर्व सम्पन्न
PoliticsJust now

धार्मिक आस्था, पारिवारिक सुख–समृद्धि र सामाजिक सद्भावको सन्देश दिँदै छठ पर्व सम्पन्न

काठमाडौं, कात्तिक ३० । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा, पवित्रता र लोकआस्थाको महापर्व छठ आज विधिवत् रूपमा सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको पर्व समापन गरेका हुन्। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म मनाइने छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play