Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

कपिलवस्तु।कामदारको अभाव र ज्याला खर्च बढ्दै गएपछि कपिलवस्तुका किसान धान छार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र छार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन्। जिल्लाका अधिकांश स्थानमा पाकिसेको धान भित्र्याउने चटारोसँगै किसानले धान र पराल छुट्याउन थ्रेसरको प्रयोग गरिरहेका छन्। कपिलवस्तु नगरपालिका–६ थुम्हवाका कृषक प्रभु धोवी गाउँमा कामदार पाउन मुस्किल हुने र पाइए पनि कामदारको ज्याला महँगो पर्ने बताउँछन्। “थ्रेसर मेसिनबाट काम गर्दा छिटो हुन्छ र खर्च पनि कम लाग्छ। त्यसैले धान भित्र्याउन मेसिनकै भर पर्न थालेका छौं”, उनले भने। महाराजगञ्ज नगरपालिका–२ पडरियाका कृषक विनोद भुजले पनि थ्रेसर मेसिनले खेतीपातीको काम सहज बनाएको बताए। गोरु र कृषि मजदुरको अभाव बढ्दै गएको अवस्थामा सानो आकारका थ्रेसर मेसिन खेतसम्म लैजान र प्रयोग गर्न सजिलो भएको उनको भनाइ छ। बिहान, दिउँसो तथा साँझ समेत मेसिन प्रयोग गर्न सकिने भएकाले किसानलाई सुविधा पुगेको उनले बताए। थ्रेसर मेसिन सञ्चालक राकेश कुर्मीका अनुसार मेसिन प्रयोग गर्दा समय र श्रम बचत हुनुका साथै खर्च समेत कम लाग्ने गरेको छ। उनले धान र पराल छुट्याए बापत प्रतिघण्टा दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्म लिने गरेको बताए। जिल्लामा थ्रेसर मेसिनको माग बढ्दै गएको उनको भनाइ छ। आधुनिक प्रविधिको प्रयोगले कृषि कार्य सहज भए पनि परम्परागत दाइँ संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्ने कृषक श्यामलाल धोबीले बताए। कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा ८४ हजार ५९१ हेक्टर खेती गरिँदै आएको बताए। त्यसमध्ये यस वर्ष ६३ हजार ६४८ हेक्टरमा धान खेती गरिएको प्रमुख चौधरीको भनाइ छ। गत वर्ष जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको उनले बताए । जिल्लाका १० वटै स्थानीय तहका किसानले धान र पराल छुट्याउन थ्रेसर मेसिनको प्रयोग गर्दै आएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सामान्य विवादमा दाजुद्वारा भाइलाई छुरा प्रहार, घाइतेको उपचार हुँदै
ताजा खबरJust now

सामान्य विवादमा दाजुद्वारा भाइलाई छुरा प्रहार, घाइतेको उपचार हुँदै

झापा । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार […] ...

लोकपथ
सौर्यमण्डल बाहिर पहिलो चन्द्रमाको खोजी : बृहस्पति ग्रहभन्दा ठुलो उपग्रह भेटिएको दाबी
ताजा खबरJust now

सौर्यमण्डल बाहिर पहिलो चन्द्रमाको खोजी : बृहस्पति ग्रहभन्दा ठुलो उपग्रह भेटिएको दाबी

काठमाडौँ । खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल बाहिर सम्भवतः पहिलो चन्द्रमा फेला पारेका छन्, तर यो रहस्यमयी पिण्ड हामीले चिनेका कुनै पनि चन्द्रमाभन्दा फरक रहेको छ। युरोपेली साउदर्न अब्जर्भेटरीको भेरी लार्जर टेलिस्कोप (ईएसओको... ...

रातोपाटी
चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी
ताजा खबरJust now

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी

काठमाडौँ । बंगालको खाडीबाट चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ । भारतको मौसम विभागका अनुसार यो चक्रवात अक्टोबर २७ सम्म शक्तिशाली आँधीमा परिणत हुन सक्नेछ । अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ । त्यस क्रममा हावाको गति प्रतिघण्टा १२५ किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ। चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका जोखिमयुक्त क्षेत्रबाट करिब ...

कर्पोरट खबर
हुम्लामा चार करोडका खसीबोका व्यापार
ताजा खबरJust now

हुम्लामा चार करोडका खसीबोका व्यापार

राजन रावतहुम्ला, कात्तिक ९ गते । हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play