धानखेत बगरमा परिणत

रसुवा।नुवाकोटको उत्तरगया गाउँपालिका–४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली नदी किनारमा रहेका उपल्लो पैरेबेंसी, तल्लो पैरेबेंसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायतका अति उर्वर खेतीयोग्य फाँटहरू बाढीसँगै आएको बालुवा र ढुङ्गाले ढाकिएका छन्। वर्षभरि खाने धान पाक्ने बेला हुन लागेका फाँटहरू एकाएक बगर बनेपछि स्थानीय बासिन्दाको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर संकट उत्पन्न भएको छ। उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार बाढीले गाउँपालिकाभित्रका ठूलो परिमाणको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। अध्यक्ष अर्यालले भने, “भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले गाउँपालिकाका मुख्य धान उत्पादन हुने फाँट बाढीले पुरिदियो।” वर्षभरि खाने अन्न फल्ने जमिन बगर बनेपछि किसानहरू ठूलो संकटमा परेका छन्। गाउँपालिकाले क्षतिको पूर्ण विवरण संकलन गरिरहेको छ। पालिकाले पीडित किसानलाई तत्काल राहत प्रदान गर्न र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय गरिरहेको छ। बाढीका कारण रसुवा जिल्लामा मात्रै अनुमानित एक हजार ८०६ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको अनुमान छ। धान थन्क्याउने मुख्य सिजनमा खेतीयोग्य जमिन नै सखाप भएपछि पीडित किसान चिन्तित छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौँ । नेकपा एमालेका मनोनीत मध्ये शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् । बुधबार अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद... ...

च्यासल बैठकमा विष्णु र शंकरले यसो भने अध्यक्ष ओलीबारे
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टी पुनर्गठनको विषय साम्य बनाउनेगरी अभिव्यक्ति दिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार बसेको बैठकमा दुबै नेताले अब नेतृत्वको विषय नउठाउने संकेत गरेका हुन्। दुवै नेताले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै आगामी स्थानीय तह... ...

त्रिवि परिसर आसपासका सडकमा लेन मार्किङ र जेब्रा क्रसिङ निर्माण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै कीर्तिपुर तथा त्रिवि क्षेत्रका सडकहरूमा लेन मार्किङ र जेब्रा क्रसिङ निर्माण गरिएको छ। प्रतियोगिता... ...

तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान
भद्रपुर (झापा), कात्तिक ११ गते । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म कसरी जोगाएर राख्ने भन्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुले... ...


