Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/धर्म, कला, संस्कार, संस्कृति र परम्पराको जीवन्तता नै आजको आवश्यकता : मुख्यमन्त्री थापा

धर्म, कला, संस्कार, संस्कृति र परम्पराको जीवन्तता नै आजको आवश्यकता : मुख्यमन्त्री थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
धर्म, कला, संस्कार, संस्कृति र परम्पराको जीवन्तता नै आजको आवश्यकता : मुख्यमन्त्री थापा

काठमाडौं, कात्तिक २ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपालीहरूको महान् चाड विजयादशमीअन्तर्गत मोहनी नखःको पावन अवसरमा लायन्स क्लब अफ नखेलको पहलमा नखेल सांस्कृतिक परिवारद्वारा आयोजित ‘नखेल सांस्कृतिक बाजा नाच २०८३’ कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। मुख्यमन्त्री थापाले भन्नुभयो, “ धर्म,कला,सस्कार,सस्कृती र परम्पराको जिवन्तता नै आजको आवस्यकता हो हाम्रो देशको पहिचान हो हाम्रो चिनारीहरु हाम्रा अमुल्य निधिहरुको उचित संरक्षण सम्बर्द्वन र पुस्तान्तरणको लागी उचित निती तथा कार्यक्रमहरु बाग्मती प्रदेश सरकारले सन्चालन गर्ने कुरामा सबैसग प्रतिबद्वता जनाउदै आज द लायन्स अफ नखेलको पहलमा नखेल सास्कृतीक परिवारद्वारा आयोजीत नेपालीहरुको महान चाड बिजयादशमी(मोहनी नख:) को पावन अवशरमा आयोजित नंखेल सास्कृतीक बाजा नाच २०८३ को अबशरमा आयोजित कार्यक्रममा सहभागी हुने महत्वपुर्ण कार्यक्रममा सहभागी हुने मौका दिनुभएकोमा सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु।” उहाँले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु देशको पहिचान जोगाउनु पनि भएको उल्लेख गर्दै यस्ता सम्पदालाई भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री थापाले सांस्कृतिक कार्यक्रमले नेपाली मौलिक परम्परा, कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले मौलिक संस्कृतिको निरन्तरता र सामाजिक एकता अभिवृद्धिमा सहयोग पुर्‍याउने धारणा राख्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

आइएचएफ नेसन्स वुमेन्स ट्रफी : माल्दिभ्सविरुद्ध नेपालको जित
OthersJust now

आइएचएफ नेसन्स वुमेन्स ट्रफी : माल्दिभ्सविरुद्ध नेपालको जित

२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ । नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आइएचएफ) को आयोजनामा जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । नेपाल पहिलो खेलमा… ...

अनलाइन खबर
कांस्य पदक भिडन्तमा रेनु पराजित
OthersJust now

कांस्य पदक भिडन्तमा रेनु पराजित

२ कात्तिक, काठमाडौं । जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा सोमबार पराजित भएकी छिन् । नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनु चीनको बो यानसंग पराजित भइन् । पहिलो खेलमा रेनु थाइल्यान्डकी ख्वानसुन्डासँग पराजित भएकी थिइन् । ख्वानसुन्डा फाइनलमा प्रवेश गरेपछि रेनुले रिपेचेजको अवसर… ...

अनलाइन खबर
विस्फोटक पदार्थ प्रयोग गरेर हटाइयो छुमसुरको विशाल चट्टानसहितको पहिरो
OthersJust now

विस्फोटक पदार्थ प्रयोग गरेर हटाइयो छुमसुरको विशाल चट्टानसहितको पहिरो

२ कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको विशाल चट्टानसहितको पहिरो विस्फोटक पदार्थ प्रयोग गरेर हटाइएको छ । पहिरो हटाइएपछि चीनसँग सीमा जोडिएको किमाथाङ्का नाकासम्मको सडकमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार आइतबार नेपाली सेनाले विस्फोट गराएर विशाल चट्टानसहितको पहिरो हटाएको हो । चट्टानको… ...

अनलाइन खबर
काठमाडौंमा न्यून चलेका छन् सवारी तर सुनसान छैन (भिडियोसहित)
OthersJust now

काठमाडौंमा न्यून चलेका छन् सवारी तर सुनसान छैन (भिडियोसहित)

यस वर्ष पनि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर विशेष व्यवस्था गरिएको छ। ट्राफिक प्रहरीका अनुसार अष्ठमीको दिनसम्म पाँच लाख ४१ हजार ३२६ जनाले काठमाडौँ छाडेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play