धरानमा दसैंमा २६ करोड बढीको खसी–बोका कारोबार

सुनसरी।बडादसैंलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख बराबरको खसी–बोका कारोबार भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसी–बोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। गत वर्ष २०८२ को दसैंमा कृषिउपज बजारबाट २३ करोड बराबरको खसी–बोका कारोबार भएको थियो। दसैंमा मासुको खपत बढ्ने भएकाले धरानको खसी–बोका बजारमा हरेक वर्ष कारोबार बढ्ने गरेको व्यवस्थापक भट्टराईले बताए। कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसी–बोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन्। धरान कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी–बोकाको किनबेच हुने गरेको छ। हप्तामा विशेष गरी बिहीबार र शुक्रबारका दिन खसी–बोकाको बजार लाग्ने भएकाले उल्लेख्य संख्यामा व्यापारी तथा किसान यहाँ आउने गरेका छन्। धनकुटा, भोजपुर, संखुवासभा, पाँचथर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, मोरङको कानेपोखरी, बेलबारीसहित तराई क्षेत्रबाट पनि किसान तथा व्यापारी खसी–बोका खरिद–बिक्रीका लागि यहाँ आउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए। धरानमा खरिद बिक्री हुने खसी–बोका छिमेकी देश भारतसम्म निर्यात हुने गरेको बजार व्यवस्थापन समितिले जनाएको छ। कोशी प्रदेशकै व्यवस्थित खसी बजारका रूपमा रहेको धरान कृषिउपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा समेत योगदान पुर्याएको व्यवस्थापक भट्टराईले बताए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनपीएलको टिकट मूल्य निर्धारण, साधारणको पाँच सय, प्रिमियमको हजार
लिग चरणका खेलका लागि साधारण टिकट ५ सय र प्रिमियम टिकट १ हजार रुपैयाँ तोकिएको छ । इलिमिनेटर तथा फाइनलका लागि भने टिकटको मूल्य दोब्बर निर्धारण गरिएको छ । ...

१० बजे १० समाचार : सङ्कटमा मात्र ब्युँझिने सरकार, गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ? नेपाली कांग्रेसले २०३५ सालमा... ...

श्रीलङ्काली ब्याटर कमिल मिसारा चितवन राइनोजबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले श्रीलङ्काली ब्याटर कमिल मिसारालाई टोलीमा अनुबन्ध गरेको छ । चितवन राइनोजले सामाजिक सञ्जालमार्फत मिसारालाई टोलीमा स्वागत गर्दै एनपीएलको... ...

स्कुल बस दुर्घटनाले माझठानामा आएन दसैं
कास्की।वर्षमा एक पटक आउने दसैंमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ। आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैंका विशेषता हुन्। तर, यस वर्ष पोखरा महानगरपालिका–२८ स्थित माझठानामा दसैंले खुसी ल्याउन सकेन। न घरघरमा टीका लाग्यो, न गाउँमा लिङ्गे पिङको रौनक देखियो। असोज २३ गते बिहान भएको स्कुल बस दुर्घटनाले गाउँलाई शोकमा डुबायो। दुर्घटनामा गम्भीर घाइते भएकी ...


