धनुषामा श्रीमतीको हत्या, श्रीमान् मृत फेला

धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ भने श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूको चार वर्षीय छोरा घाइते अवस्थामा फेला परेका छन् । गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा फेला परेको छ । उक्त स्थानबाट १ किलोमिटर टाढा मिथिलेश्वरस्थित ससुरालीमा यादवको ३० वर्षीया श्रीमती रिना यादव पनि मृत अवस्थामा फेला परेकी छन् । उनीमाथि धारिलो हतियारले प्रहार भएको चोटहरु देखिएको धनुषा प्रहरीले जनाएको छ । त्यस्तै उनी दुबै जनाको चार वर्षीय छोरा सम्राट यादवमाथि पनि धारिलो हतियार प्रहार भई घाइते अवस्थामा फेला परेकोले उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जनाइएको छ । धनुषा प्रहरीका अनुसार घटना कात्तिक ८ गते बिहान करिब १ः५० बजे उक्त घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा टोली घटनास्थल पुगेको थियो। त्यहाँ रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको छ। घटनास्थलबाट रगत लागेको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। त्यस्तै उनको श्रीमान् झुण्डिएको अवस्थामा फेला परेको घटनास्थलको मुचुल्का तयार गर्ने कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सिटिजन्स बैंकका ग्राहकले ‘लुप नेटवर्क’ बाट अब किस्ताबन्दीमा सामान किन्न पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन् । सम्झौताअनुसार सिटिजन्स बैंकका योग्य कार्डधारकले […] ...

बाढीपछिको नेपाल : जनस्वास्थ्य सुरक्षा र दिगो पुनर्स्थापनाका लागि भौगोलिक दृष्टिकोण
विपद्को वास्तविक प्रभाव राहत वितरणपछि पनि लामो समयसम्म रहन्छ। स्वास्थ्य सेवामा अवरोध, खानेपानीको सङ्कट र विस्थापनले निम्त्याउने जनस्वास्थ्य समस्यालाई समाधान गर्न अब विपद् आएपछि मात्र प्रतिक्रिया दिने प्रणालीमा सीमित हुनुहुँदैन; बरु भौगोलिक तथा स्थानिक दृष्टिकोण अपनाएर जोखिम पहिचान र दिगो पुनर्स्थापनाको बाटो रोज्नुपर्छ। ...




