दोलखाको बिगुमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

दोलखा । दोलखाको बिगु गाउँपालिका–५ चिलंखाले प्रथम वडा अध्यक्ष कप ‘सेभेन ए साइड’ वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आपसी सद्भाव, भाइचारा, एकता तथा स्थानीय खेलकुदको विकास गर्ने उद्देश्यले यही कात्तिक १८ देखि २१ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष काले शेर्पा ‘कर्मा’ले जानकारी दिए । उनका अनुसार स्थानीय मुकाम सिंगटीस्थित खोलीखिम चौरमा सञ्चालन हुने प्रतियोगितामा बिगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाअन्तर्गतका वडास्तरीय टोलीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीले कात्तिक १६ गते साँझ ७ बजेसम्ममा टीम दर्ता गरिसक्नुपर्ने छ भने १७ गते साँझ ५ बजे टाइसिट सार्वजनिक गरिने बताइएको छ । प्रतियोगितामा सहभागी प्रत्येक टीममा अनिवार्य सात जनासहित बढीमा कूल १२ खेलाडी रहन पाउने छन् । सहभागी खेलाडीले आफ्नो पहिचान खुल्ने परिचयपत्र पेश गर्नाका साथै साथमा समेत राख्नुपर्ने, फिफाको नियमअनुसार खेल सञ्चालन गरिने, खेलाडीले टीम परिवर्तन गर्न नपाउने तथा सहभागी टीम सबैले आयोजकले जारी गर्ने फिफासँग सम्बन्धित अनुशासन र नियम पूर्णरूपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई सामेत १०/१० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई पनि नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । ‘म्यान अफ द म्याच’को पुरस्कार भने क्वार्टरफाइनलदेखि मात्र उपलब्ध गराइने आयोजकले स्पष्ट पारेको छ । बिगु गाउँपालिका वडा नं. ५ चिलंखाले आयोजना गर्ने प्रतियोगिताको व्यवस्थापन जिम्मेवारी स्थानीय देवीटार माध्यमिक विद्यालय, बिगु–५ चिलंखाले लिएको छ । The post दोलखाको बिगुमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती
सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्। ...

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...


