Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैलेख प्रमुख जिल्ला अधिकारीविहीन
Photo / Coverage: नेपालन्युज

दैलेख।दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ। दसैं सकिएर तिहार नजिकिँदै गर्दा समेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ। जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ। तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भएपछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारीको भरमा चलिरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले प्रमुख जिल्ला अधिकारी नहुँदा आर्थिक तथा ठूला मुद्दा हेर्ने र फैसला गर्ने अधिकार आफूलाई नभएको बताए। प्रजिअ नहुँदा प्रशासनभित्रका २२ कर्मचारीले तलब पाउन सकेका छैनन्। यसैगरी, जीवन निर्वाह भत्ता पाउने ३० जनाको काम रोकिएको छ। ‘विभिन्न कानुनी प्रक्रियाका धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति र दैवी प्रकोपका पीडितहरूले पाउने राहत रकम भुक्तानी पूर्ण रूपमा रोकिएको छ’, लेखापाल रूपाखेतीले भने। भौगोलिक दृष्टिले दैलेख जिल्ला संवेदनशील मानिन्छ। कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक र मध्यपहाडी राजमार्ग हुने आवागमन तथा सुरक्षा व्यवस्थापनका लागि जिल्लामा निरन्तर जिम्मेवारी नेतृत्वको र प्रशासनिक समन्वयको आवश्यक पर्छ। तर, नेतृत्व नै नहुँदा शान्ति सुरक्षाको अवस्था थप जोखिमपूर्ण बन्दै गएको छ। उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापाले सरकारले तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाउनु पर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
के अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पद छाड्न लागेका हुन् ?
Latest NewsJust now

के अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पद छाड्न लागेका हुन् ?

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो योजना रहेको स्पष्ट पारे । द टाइम्सलाई बिहीबार दिएको अन्तर्वार्तामा रुबियोले ट्रम्प प्रशासन छाड्नेबारे सार्वजनिक भएका समाचारको स्रोतप्रति आश्चर्य व्यक्त गरे । […] ...

लोकपथ
म्यारिज खेल : संयोग कति, सीप कति ?
Latest NewsJust now

म्यारिज खेल : संयोग कति, सीप कति ?

कान्तिपुरले एक लाख खेलको सिमुलेसनमार्फत गरेको विश्लेषणले म्यारिजको टेबलमा संयोग, सम्भावना र सीपबीचको सम्बन्ध केलाएको छ । ...

कान्तिपुर
रवि र बालेनबीचको असमझदारी सार्वजनिक हुनु राम्रो होइन : बाबुराम भट्टराई
Latest NewsJust now

रवि र बालेनबीचको असमझदारी सार्वजनिक हुनु राम्रो होइन : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच असमझदारी बढ्दै गएको विषय सार्वजनिक हुनु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्। पछिल्लो समय रास्वपा र सरकारबीच विवाद बढिरहेको चर्चा भइरहेका बेला भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। रवि लामिछाने र बालेन शाहको तस्बिर फेसबुकमा राख्दै उनले नवोदित सत्तारूढ दलभित्र सरकार र ...

केन्द्रबिन्दु
उद्योग वाणिज्य महासंघका अध्यक्ष अनुसन्धानमा
Latest NewsJust now

उद्योग वाणिज्य महासंघका अध्यक्ष अनुसन्धानमा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र उनी सञ्चालक रहेको कम्पनी प्रहरी अनुसन्धानमा तानिएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रेष्ठ र उनको कम्पनी सुजल डेरी उद्योग प्रालिमाथि अनुसन्धान थालेको हो। दुग्ध विकास संस्थान (डीडीसी) को १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात प्रकरणमा श्रेष्ठ र सुजल डेरीमाथि अनुसन्धान थालिएको सीआईबीले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play