Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/देशलाई संकटबाट जोगाउन आन्दोलन गर्नुपर्छ : केपी ओली

देशलाई संकटबाट जोगाउन आन्दोलन गर्नुपर्छ : केपी ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशलाई संकटबाट जोगाउन आन्दोलन गर्नुपर्छ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको आरोप लगाउँदै आन्दोलनको तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले सरकार बेलगाम फासीवादतर्फ अघि बढिरहेको आरोप लगाए। देशमा कसैले बोल्न नसक्ने गरी भयको वातावरण सिर्जना गरिएको उनको दाबी थियो। ‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ ओलीले भने, ‘देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ। यस अवस्थालाई थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुको कुनै विकल्प छैन।’ एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पुर्‍याउने जिम्मेवारी पार्टीको काँधमा आएको उनले बताए। देशलाई अहिलेको संकटपूर्ण अवस्थाबाट पार लगाउन एमाले एकताबद्ध र अनुशासित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। सही नीति र विचारका आधारमा अघि बढे मात्र पार्टीप्रति जनताको आकर्षण फर्काउन सकिने उनले उल्लेख गरे। गत वर्ष फागुन २१ मा भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको ओलीले जिकिर गरे। एमाले सत्य, न्याय, देश र जनताको पक्षमा उभिएकाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने उनको दाबी थियो। कार्यक्रममा नवनियुक्त केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। महासचिव शंकर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पोखरा एभेन्जर्सका शकिम अल हसन आउट
ताजा खबरJust now

पोखरा एभेन्जर्सका शकिम अल हसन आउट

काठमाडौँ। पोखरा एभेन्जर्सका शकिम अल हसन आउट भएका छन्। उनलाई अनिल खरेलले आउट गरेका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेलमा हसनले... ...

रातोपाटी
सैनिक हवाई सेवाले दुई लाख घण्टा उडान गरेपछि शिलालेख अनावरण
ताजा खबरJust now

सैनिक हवाई सेवाले दुई लाख घण्टा उडान गरेपछि शिलालेख अनावरण

सैनिक हवाई सेवाले दुई लाखभन्दा बढी घण्टा उडान पूरा गरेको अवसरमा नेपाली सेनाले शिलालेख अनावरण गरेका छ।  बुधबार प्रधान सेनापति अशोकराज सिग्देलले गौचर व्यारेकमा निर्माण गरिएको शिलालेख अनावरण गरेका हुन्।  उक्त समारोहमा ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ नामक पुस्तक समेत विमोचन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ... ...

नेपालखबर
सिङ्गा तातोपानीमा स्वास्थ्य पर्यटनको याम सुरु
ताजा खबरJust now

सिङ्गा तातोपानीमा स्वास्थ्य पर्यटनको याम सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी (बेनी) कात्तिक ११ गते । म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचार स्थलका रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा स्नान गरेर स्वास्थ्य लाभ लिन आउने स... ...

गोरखापत्र
तीन महिनामा नेपालको निर्यात ५७ प्रतिशतले बढ्यो, सबैभन्दा बढी सोयाबिन, जुट र अलैँची
ताजा खबरJust now

तीन महिनामा नेपालको निर्यात ५७ प्रतिशतले बढ्यो, सबैभन्दा बढी सोयाबिन, जुट र अलैँची

नेपालको वैदेशिक व्यापार घाटा चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३४.७१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ रहेको व्यापार घाटा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो। भन्सार विभागले बुधबार प्रकाशन गरेको साउनदेखि असोजसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालले... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play