Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष

देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष

10/20/2026, 1:03:10 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष

दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार चाडपर्व मनाउन घर फर्किने नागरिकलाई ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधिबाट जोगाउन देशभरका सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । ती सहायता कक्षबाट २४ सै घण्टा सेवा प्रवाह भइरहेको उनले जानकारी दिए । काफ्लेले चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न सीमावर्ती क्षेत्रदेखि प्रमुख शहर र राजमार्गसम्म प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सबै जिल्ला प्रहरी कार्यालयमा कमान्ड सेन्टर स्थापना गरी सुरक्षा योजना कार्यान्वयन भइरहेको छ । ‘दशैँ, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा सुरक्षा व्यवस्था मिलाउन ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ । देशभरका सीमावर्ती क्षेत्रमा १०८ वटा नागरिक सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘चाडपर्व मनाउन घर फर्किने नागरिकलाई लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधिबाट जोगाउन र आवश्यक प्रहरी सेवा सहज रूपमा उपलब्ध गराउन यी कक्ष सञ्चालनमा ल्याइएको हो ।’ प्रहरी प्रधान कार्यालयका अनुसार केन्द्रीय एकीकृत सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिमार्फत स्थानीय आवश्यकता र अवस्थाअनुसार छुट्टाछुट्टै सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयन गरिएको छ । चाडपर्वका बेला यात्रुहरूको चाप बढ्ने र लामो दूरीका सवारीसाधनको आवागमन बाक्लिने भएकाले प्रहरीले सडक सुरक्षामा समेत निगरानी बढाएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न सूचनामा आधारित विशेष जाँच प्रणाली लागू गरिएको छ । विशेषगरी काठमाडौंको नागढुङ्गा हुँदै चितवन जोड्ने सडकखण्डसहित प्रमुख लोकमार्गहरूमा निगरानी तीव्र पारिएको काफ्लेले बताए । लामो दूरीका यात्रुवाहक सवारीसाधन छुट्ने प्रमुख प्रस्थानबिन्दुमा चालकको अनुमतिपत्र जाँच गर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको परीक्षण गर्ने र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । यातायात व्यवस्था कार्यालय तथा सम्बन्धित प्राविधिक निकायसँग समन्वय गरी यान्त्रिक परीक्षणपछि मात्रै लामो दूरीका सवारीसाधनलाई प्रस्थान अनुमति दिने व्यवस्था गरिएको काफ्लेले जानकारी दिए । ‘सडक दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका बस छुट्नुअघि चालकको अनुमतिपत्र जाँच, मादक पदार्थ तथा लागुऔषध सेवन परीक्षण र सवारीसाधनको यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘साथै, लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।’ लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने कानुनी प्रावधान कार्यान्वयन गराउन ट्राफिक प्रहरी सक्रिय रहेको पनि काफ्लेले बताए । चाडपर्वका समयमा हुनसक्ने चोरी, ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प
OthersJust now

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन्। उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशको सीमा बन्द नगरेको भन्दै आलोचना समेत गरे । सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको बताए। सीमा नियन्त्रण ...

पर्दाफास
सरकारले गिरफ्तार वा यातना दिन सक्छ, तर पनि डिसेम्बरमा बङ्गलादेश फर्किन्छु : शेख हसिना
OthersJust now

सरकारले गिरफ्तार वा यातना दिन सक्छ, तर पनि डिसेम्बरमा बङ्गलादेश फर्किन्छु : शेख हसिना

३ कात्तिक, काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफू डिसेम्बरमा स्वदेश फर्किने बताएकी छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, उनले मंगलबार भनेकी छन्, 'बङ्गलादेशको वर्तमान तारिक रहमान सरकारले मलाई गिरफ्तार गर्न सक्छ, मार्न सक्छ वा यातना दिन सक्छ, तर जतिसुकै खतरा भए पनि मलाई त्यसको पर्वाह छैन। म मेरो देश फर्किनैपर्छ।' उनले आफू तारिक रहमानको… ...

अनलाइन खबर
मधुमेह छ भन्दैमा दसैँको स्वाद किन छोड्ने ?
OthersJust now

मधुमेह छ भन्दैमा दसैँको स्वाद किन छोड्ने ?

दसैंको रमाइलो नै खानपिनमा छ । मिठो खाने, परिवारसँग बसेर खाने र मन लागेको परिकारको स्वाद लिने । तर, यही रमाइलोको बीचमा कतिपयलाई भने पीर पर्न थाल्छ । मुख बार्नुपर्ने रोग मधुमेह छ, अब के खाने ? छाकै पिच्छे भान्सामा पाक्ने मासुको बास्नाले तान्छ । देख्दा खान मन लाग्छ । मिठाई देख्दा जिब्रो रसाउँछ ।… ...

अनलाइन खबर
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु
OthersJust now

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु

३ कात्तिक, सर्लाही । बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play