Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

देशभर १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभर १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५
Photo / Coverage: पर्दाफास

देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी १०७ जनप्रतिनिधिका पद रिक्त रहे पनि ती पद पूर्ति गर्न उपनिर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि रिक्त भएका पद लामो समयदेखि पदपूर्तिको प्रतीक्षामा छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् । यीमध्ये अधिकांश पद २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिएपछि खाली भएका हुन् । कानुनी व्यवस्थाअनुसार रिक्त पदको कार्यकाल बाँकी रहेको अवधिका आधारमा उपनिर्वाचन गर्न सकिने व्यवस्था छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति
OthersJust now

पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति

२४ कात्तिक, काठमाडौं । सिराहा, विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर टोल बस्ने ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब २० लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-११ त्रिमूर्ती चोक बस्ने सुरेश प्रसाद साहले आफ्नै घरमा संचालन गरेको राज हार्डवेयर पसलमा विद्युत सर्ट भई… ...

अनलाइन खबर
इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो
OthersJust now

इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए । ...

अनलाइन खबर
सामुदायिक बनमा भेटियो भरुवा बन्दुक
OthersJust now

सामुदायिक बनमा भेटियो भरुवा बन्दुक

२४ कात्तिक, डोल्पा । काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...

अनलाइन खबर
देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?
OthersJust now

देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ ।’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई झनै खल्लो बनाइदियो ।’ गृहमन्त्रीले यी पङ्क्तिहरूसँगै एउटा विज्ञप्ति पनि जारी गरेका थिए । उक्त विज्ञप्तिको मुख्य बुँदा थियो, ‘अबदेखि देउसी-भैलोमा समयको कुनै पाबन्दी छैन । २४ सै घण्टा निर्धक्क खेल्नुहोला… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play