Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका

देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका

10/21/2026, 11:29:01 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका

देशभर दशैंको टीका लगाउने शुभसाइतको चटारो भइरहँदा डोल्पाको त्रिपुराकोटमा भने बाला त्रिपुरासुन्दरी मन्दिरको पूजा सम्पन्न हुने प्रतीक्षा गरिन्छ। यहाँ पञ्चाङ्गको साइतभन्दा देवीको पूजाविधि पूरा हुनुलाई टीका लगाउने मुख्य आधार मानिन्छ। परापूर्वकालदेखि चल्दै आएको परम्पराअनुसार दशमीको बिहानै स्थानीयले घरबाट टीका र जमरा लिएर मन्दिर पुग्छन्। देवीलाई टीका–जमरा चढाएर पूजाआजामा सहभागी हुन्छन्। मन्दिरको धार्मिक विधि पूरा गरी देवीलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै घरघरमा टीकाटालो सुरु हुने पुजारी भानुचन्द्र उपाध्यायले बताए। ‘नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ,’ उनले भने, ‘मन्दिरको पूजाविधि साँझतिर मात्रै सकिने भएकाले त्यसपछि टीका सुरु हुन्छ।’ यहाँको दशैं देवीप्रतिको आस्था र पुर्खादेखि चल्दै आएको धार्मिक मान्यतासँग जोडिएको छ। पूजाविधि पूरा नगरी टीका लगाउनु हुँदैन भन्ने विश्वासका कारण स्थानीयले वर्षौँदेखि यो परम्परा निरन्तरता दिँदै आएका छन्। मन्दिरमा टीका सुरु भएपछि परिवारका सदस्य र आफन्त भेला भएर ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने गर्छन्। साँझदेखि सुरु हुने टीकाटालो कतिपय घरमा मध्यरातसम्म चल्छ। त्रिपुराकोटको यो चलन डोल्पाका अन्य क्षेत्रभन्दा फरक छ। दुनै, लिकु, पहाडा, रह, काइगाउँ, कालिका, जुफाल र माझफाललगायतका क्षेत्रमा भने ज्योतिष तथा पञ्चाङ्गले निर्धारण गरेको शुभसाइतमै दशैंको टीका लगाउने गरिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
OthersJust now

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला… ...

अनलाइन खबर
बिक्दैन भनेको एक डोको रुख टमाटर, जसले फेरिदियो लक्ष्मीको दैनिकी
OthersJust now

बिक्दैन भनेको एक डोको रुख टमाटर, जसले फेरिदियो लक्ष्मीको दैनिकी

लक्ष्मीले १४-१५ रोपनी जग्गामा करिब १ हजार ५ सय रुख टमाटरका बिरुवा रोपेकी छिन् । रुख टमाटर रोपेपछि आम्दानी मात्रै बढेको छैन, वन्यजन्तुको आतंक पनि रोकिएको छ । ...

अनलाइन खबर
गुल्मीको धरमपानीमा फर्कियो लिङ्गे पिङको रौनक, परम्परा जोगाउँदै युवा
OthersJust now

गुल्मीको धरमपानीमा फर्कियो लिङ्गे पिङको रौनक, परम्परा जोगाउँदै युवा

४ कात्तिक, गुल्मी । पछिल्लो समय गाउँघरमा दसैँमा लिङ्गे पिङ हाल्ने परम्परा हराउँदै गएको छ । सहरीकरण, सडक विस्तार, बसाइँसराइ र बदलिँदो जीवनशैलीका कारण ओझेलमा पर्दै गएको यही परम्परा जोगाउन गुल्मीको छत्रकोट गाउँपालिका–३, धरमपानीका युवा जुटेका छन् । नवप्रगतिशील युवा क्लबको पहलमा धरमपानीमा लिङ्गे पिङ निर्माण गरिएको छ । पिङ निर्माणसँगै स्थानीयवासीमा दसैँको रौनक र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play