देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन। चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ। करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो। ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ। कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ। अब देवघाटबाट समेत मौलाकालिका पुग्न सकिने गरी नयाँ केबलकार परियोजना अघि बढाइएको हो। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देवघाट र मौलाकालिकालाई जोड्ने केबलकार परियोजनाको काम अगाडि बढेको बताए। उनका अनुसार परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढिरहेको छ। अध्यक्ष ढकालले परियोजना सञ्चालनमा आएपछि देवघाट र मौलाकालिका क्षेत्रबीचको धार्मिक तथा पर्यटकीय आवागमन बढ्ने विश्वास गरिएको छ। देवघाट र मौलाकालिका दुवै धार्मिक आस्थाका महत्त्वपूर्ण केन्द्र हुन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट गर्न तयार रहेको बताएका छन् ...

कुन सडकको कस्तो छ अवस्था ?
काठमाडौँ । विपद्का कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू... ...

चितवनका तीन हजार तीन सय ६२ मतदाताको नाम हटाइयो नामावलीबाट
दोहोरो दर्ता भएका, मृत्यु भएका तथा नेपाली नागरिकता परित्याग गरेका मतदाताहरूको नामावली हटाइएको हो। ...

अमेरिका-चीन प्राविधिक प्रतिद्वन्द्विता : अमेरिकाको बौद्धिक धारले चीनको उत्पादन शक्तिलाई भेट्दै
अमेरिकाको बौद्धिक धारले चीनको उत्पादन शक्तिलाई भेट्दै ...


