काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहले महाधिवेशनका नाममा पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डाको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आधिकारिक विवरण निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको अवस्थामा पार्टीको झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न आयोगलाई औपचारिक पत्र पठाउने निर्णय गरेको हो । कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको झण्डा र चुनाव चिह्न दुरुपयोग भएको विषयमा पार्टी सचेत रहेको बताउदै निर्वाचन आयोगले पार्टीको आधिकारिक विवरण अद्यावधिक गरिसकेकाले अब यस्तो गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराइने जानकारी दिए । गत मंगलबारदेखि बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिएको छ भने बैठकका निर्णय शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ । The post देउवा समूहको महाधिवेशन बारे कांग्रेसले निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
देउवा समूहको महाधिवेशन बारे कांग्रेसले निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने

Read Complete Original Article
Published originally on कर्पोरट खबर






