Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

देउवा पक्षमा खुलेका सांसदलाई पदबाट हटाउने तयारीमा कांग्रेस

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा पक्षमा खुलेका सांसदलाई पदबाट हटाउने तयारीमा कांग्रेस
Photo / Coverage: विश्वखबर

काठमाडौं– नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनमा सक्रिय सांसद तथा जनप्रतिनिधिलाई पदबाट हटाउने तयारी गरेको छ । सभापति गगन थापा नेतृत्वको कांग्रेसले अनुशासन समिति गठन गरी देउवा पक्षमा खुलेका जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए पदमुक्त गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी गरेको हो । कांग्रेसका अनुसार प्रतिनिधिसभामा देउवा पक्षमा दुई, राष्ट्रिय सभामा सात र विभिन्न प्रदेश सभामा २९ सांसद खुलेका छन् । प्रतिनिधिसभाका दुई सांसद हरिनादेवी कामी र सुशीला ढकाल आचार्य देउवा पक्षमा सक्रिय छन् । राष्ट्रिय सभामा कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जितजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना र नारायणदत्त भट्ट देउवा पक्षमा खुलेका छन् । प्रदेश सभातर्फ कोशीमा ६, बागमतीमा ९, गण्डकीमा ३, लुम्बिनीमा २ र सुदूरपश्चिममा ९ सांसद देउवा पक्षमा सक्रिय छन् । मधेस र कर्णाली प्रदेशमा भने देउवा पक्षमा खुलेका कांग्रेस सांसद छैनन् । सभापति थापाले कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भइसकेकाले देउवा पक्षले गर्न लागेको महाधिवेशन नयाँ पार्टीको गतिविधि भएको दाबी गर्दै अर्को पार्टीमा लाग्ने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । राजीनामा नदिए विधानअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनको चेतावनी छ । यता देउवा पक्षले भने आफूहरूले कांग्रेसकै झण्डामुनि महाधिवेशन गर्न लागेको र पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सांसदहरूमाथि कारबाही गर्न नमिल्ने दाबी गरेको छ । संविधानको धारा ८९ अनुसार सम्बन्धित दलले संघीय कानुनबमोजिम दल त्याग गरेको सूचना दिएमा सांसदको पद रिक्त हुन सक्छ । तर देउवा पक्षले आफूहरूले दल त्याग नगरेको जिकिर गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता
Latest NewsJust now

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना... ...

रातोपाटी
१२.२६ प्रतिशतबाट १२.१६ मा झर्‍यो विद्युत् चुहावट, ऊर्जा मन्त्रालयको लक्ष्य पूरा
Latest NewsJust now

१२.२६ प्रतिशतबाट १२.१६ मा झर्‍यो विद्युत् चुहावट, ऊर्जा मन्त्रालयको लक्ष्य पूरा

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेट्टाएको हो।  सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो। लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिएका थिए।  उनले चुहावट न... ...

नेपालखबर
८ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब १४ करोड रूपैयाँ बढीको कारोबार
Latest NewsJust now

८ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब १४ करोड रूपैयाँ बढीको कारोबार

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ अंकमा पुगेको छ । आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ । बुधबार नेप्सेमा हिमालय ऊर्जा विकास कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ...

टक्सार
नसालु पदार्थ मिसाएको जुस र दूध खुवाएर लुटपाट गर्ने ‘ग्याङ’ समातियो
Latest NewsJust now

नसालु पदार्थ मिसाएको जुस र दूध खुवाएर लुटपाट गर्ने ‘ग्याङ’ समातियो

काठमाडौं । जुस, दूध तथा खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस बनाएर गरगहना तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा भएका चार घटनाको अनुसन्धानका क्रममा लुटपाटमा संलग्न दुई जना र चोरीका गरगहना खरिद गर्ने दुई जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement