Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नसालु पदार्थ मिसाएको जुस र दूध खुवाएर लुटपाट गर्ने ‘ग्याङ’ समातियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नसालु पदार्थ मिसाएको जुस र दूध खुवाएर लुटपाट गर्ने ‘ग्याङ’ समातियो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जुस, दूध तथा खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस बनाएर गरगहना तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा भएका चार घटनाको अनुसन्धानका क्रममा लुटपाटमा संलग्न दुई जना र चोरीका गरगहना खरिद गर्ने दुई जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की) र धुलिखेल नगरपालिका–१ बस्ने ३८ वर्षीय विरध्वज तामाङ रहेका छन्। उनीहरूलाई लुटपाटमा संलग्न रहेको आरोप छ। त्यस्तै, चोरीका गरगहना खरिद गरेको आरोपमा दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे विक र काभ्रेको नमोबुद्ध नगरपालिका–१ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार पक्राउ परेका छन्। प्रहरीका अनुसार पहिलो घटना गत असोज २४ गते बनेपा नगरपालिका–६ मा भएको थियो। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ निवासी ५४ वर्षीय गंगाबहादुर गुरुङलाई फकाइफुल्याई फ्रुटीमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। त्यसपछि उनको साथबाट चार हजार रुपैयाँ नगद र १४ वटा राडी लुटेर लगिएको थियो। बेहोस भएका गुरुङको शिर मेमोरियल अस्पताल बनेपाको सघन उपचार कक्ष (आईसीयू) मा चार दिन उपचार गरिएको थियो। दोस्रो घटना भदौ १० गते बनेपा नगरपालिका–४ मा भएको थियो। खानिखोला गाउँपालिका–४ घर भई बनेपामा बस्दै आएका ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्तबहादुर जिम्बालाई दूधमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। उनीहरूको साथबाट सुनका दुईवटा रिङ र एक थान तिलहरी लुटिएको थियो। हिरामायाको शिर मेमोरियल अस्पतालमा उपचारपछि जावलाखेलस्थित अल्का अस्पतालमा थप सात दिन उपचार गरिएको थियो भने हस्तबहादुरको एक दिन उपचार गरिएको थियो। त्यस्तै, असोज २८ गते बनेपा नगरपालिका–३ मा पनौती नगरपालिका–४ निवासी ५१ वर्षीय हेमबहादुर बस्नेतलाई लेमन जुसमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। उनको साथबाट सुनको सिक्री, औँठी र मोबाइल लुटिएको प्रहरीले जनाएको छ। चौथो घटना भदौ २३ गते नमोबुद्ध नगरपालिका–११ मा भएको थियो। घरमै बसिरहेकी ६७ वर्षीया पञ्चमाया तामाङलाई दुई जना व्यक्ति घरमै पुगेर खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएका थिए। त्यसपछि उनको कानमा लगाएको करिब एक तोलाको सुनको रिङ लुटेर लगिएको थियो। प्रहरीले पीडितसँगको समन्वय र प्राप्त प्रमाणको विश्लेषण गर्दा चारमध्येका घटनामा संगिता र विरध्वजको संलग्नता खुलेको जनाएको छ। उनीहरूले लुटेका गरगहनामध्ये गंगा गुरुङ र हिरामाया जिम्बाको गरगहना भक्तपुरको मध्यपुर थिमि–४ स्थित जय शिव शक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे विकले बिना बिल खरिद गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। त्यस्तै, पञ्चमाया तामाङको गरगहना बनेपा–७ का प्रविन सुनुवारले सञ्चालन गर्दै आएको धुलिखेल नगरपालिका–५ स्थित गणेश सुनचाँदी पसलमा बिना बिल खरिद गरेको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा संगिता र विरध्वज यसअघि काठमाडौंको तिनचुलीमा कान्छी तामाङलाई नसालु पदार्थ सेवन गराई बेहोस बनाएर सुन तथा नगद चोरी गरेको घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। संगिताविरुद्ध यसअघि बनेपा क्षेत्रमा चोरी तथा डाँकासम्बन्धी दुई मुद्दा चलेको र दुई महिना कैद तथा पाँच हजार रुपैयाँ जरिवाना भएको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ। विरध्वजविरुद्ध अभद्र व्यवहार र चोरीसम्बन्धी मुद्दा चलेको तथा धरौटीमा छुटेको प्रहरीको भनाइ छ। त्यस्तै, नवराज घिमिरे विकले चोरीका सुनका गरगहना बिलबिना खरिद गरी स्वरूप परिवर्तन गरेर राख्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनी यसअघि पनि बनेपा प्रहरीले पक्राउ गरेको दुई मुद्दामा धरौटीमा छुटेर तारेखमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले संगिताको साथ तथा कोठाबाट तीन ग्राम सेतो धुलो पदार्थ, घटनामा प्रयोग भएको भनिएको दुई थान मोबाइल, राडी, कपडा, ज्याकेट र जुत्तालगायतका सामग्री बरामद गरेको छ। नवराजको सुन पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाइएको सुनजस्तो देखिने धातुका चार टुक्रा बरामद भएका छन्। त्यस्तै, प्रविनको पसलबाट ११.६८ ग्रामको सुनजस्तो देखिने एक जोर रिङ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई अनुसन्धानपछि अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूले अन्य स्थानमा पनि यस्तै प्रकृतिका घटना गराएको हुन सक्ने आशंकामा प्रहरीले पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोहका चारजना काभ्रेबाट पक्राउ
Latest NewsJust now

नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोहका चारजना काभ्रेबाट पक्राउ

काभ्रेको बनेपा, पनौती र नमोबुद्धमा भएका चार घटनाको अनुसन्धानपछि लुटपाटमा संलग्न तथा चोरीको सुन कारोबार गर्ने व्यक्ति पक्राउ परेका हुन्। ...

कान्तिपुर
घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
Latest NewsJust now

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो... ...

रातोपाटी
नसालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ
Latest NewsJust now

नसालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ

नसालु पदार्थ खुवाएर बेहास बनाई शृंखलाबद्ध लुटपाट गरेका घटनामा संलगन रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको अनुसार, पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की), धुलिखेल नगरपालिका–१ का ३८ वर्षीय वीरध्वज तामाङ, दोलखाक... ...

नेपालखबर
गम्भीर राजनीतिक विवादमाथि प्रधानमन्त्रीका सल्लाहकारको फेसबुकमा ठट्टा
Latest NewsJust now

गम्भीर राजनीतिक विवादमाथि प्रधानमन्त्रीका सल्लाहकारको फेसबुकमा ठट्टा

इनम सापकोटाको मोबाइलसँग सम्बन्धित पोस्टहरूमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारदेखि सचिवालयका सदस्यसम्म फेसबुक ग्रुपमा व्यंग्यात्मक पोस्ट, कमेन्ट र मिममा सक्रिय ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement