Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

देउवा कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१ देखि काठमाडौंमा हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१ देखि काठमाडौंमा हुने
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने बताएका छन् । मंगलबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताएका हुन् । महाधिवेशनको तयारीबारे जानकारी दिँदै उनले हालसम्म ६१८ पालिका, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको बताए । त्यस्तै, २६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको र थप चार जिल्लामा प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए । छोटो समयमै देशभरका पार्टी कार्यकर्ताको उत्साहपूर्ण सहभागितामा अधिवेशन प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै महतले विभिन्न तहका अधिवेशन स्थानीय कार्यकर्ताले आफ्नै स्रोतसाधन र स्वैच्छिक सहयोगमा सम्पन्न गरिरहेको बताए । विशेष अधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले दिएको मान्यतामाथि प्रश्न उठाउँदै उनले त्यससम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनरावलोकन प्रक्रिया अघि बढिरहेको जानकारी दिए । अदालतको पुनरावलोकनबाट देउवा नेतृत्वकै कांग्रेसले आधिकारिक मान्यता पाउने उनको विश्वास छ । विशेष अधिवेशनको प्रक्रिया विधि र विधानअनुसार नभएको दाबी गर्दै महतले त्यसलाई मान्यता दिलाउन भएका भनिएका गतिविधिबारे गहिरो अनुसन्धान हुनुपर्ने माग गरे । उनले नेपाली कांग्रेसको वैचारिक तथा सांगठनिक पहिचानसमेत विशेष अधिवेशनबाट आएको नेतृत्वले जोगाउन नसकेको आरोप लगाए । बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादी विचार र पार्टीभित्र सहमतिका आधारमा निर्णय गर्ने परम्परालाई आफूहरूले निरन्तरता दिइरहेको उनको भनाइ थियो । महतले देशभरका नेता तथा कार्यकर्तालाई मंसिर २१ देखि हुने १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली सञ्चालनमा
OthersJust now

सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली सञ्चालनमा

सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा आएको छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै प्रणाली पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । कार्यालयले सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्र नयाँ प्रणालीमार्फत मात्रै प्रकाशन गर्न निर्देशन दिएको छ । यसअघि सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम भेटिएपछि ...

पर्दाफास
एनपीएल : पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य
OthersJust now

एनपीएल : पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो । जसमा चमिका करूणारत्नेले २५,कप्तान कुशल भुर्तेलले १४ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३,तिलक भण्डारीले २ विकेट लिए। दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play